१२ श्रावण २०८१, शनिबार | July 27, 2024

जनसंख्या घट्दा जापानलाई धक्का, भारतका लागि जनसंख्या बरदान


February 16, 2024
332
Shares

एजेन्सी, ४ फागुन । जापानको आर्थिक वृद्धिदर कम हुँदै गएको छ । उसलाई जनसंख्याले धोका दिन थालेको छ । काम गर्ने उमेर समूह कम हुनु र सवारी साधनको निर्यातले गति लिन नसक्नुले जापान विश्वको चौंथो ठूलो कुल ग्राहस्थ उत्पादन भएको देश बनेको छ ।

विगतमा दोस्रो स्थानमा पुगेर तेस्रोमा झरेको जापान चौंथोमा पुगेको छ । उसको नजिक भारत पुगिसकेको छ ।

भारत सँसारकै सबैभन्दा ठूलो जनसंख्या भएको देश हो । भारतसँग काम गर्ने उमेर समूह पर्याप्त हुनुले पनि आर्थिक वृद्धिदरलाई साथ मिलेको छ ।

सन् २०१४ मा दशौं ठूलो अर्थतन्त्र भएको भारत एक दशकमै पाँचौं स्थानमा पुगेको छ । अबको केही वर्षमै भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ ।

जर्मनी तेस्रो ठूलो जीडीपी भएको देश बनेको छ । तर, उसको आर्थिक वृद्धिदर पनि अपेक्षाकृत गति लिन सकिरहेको छैन । यूरोपमा युद्धको असर पर्दा जीडीपीमा असर परिरहेको छ ।

चीनले पनि आर्थिक वृद्धिदर हासिल गरिरहेको छ । अमेरिका सबैभन्दा बढी जीडीपी भएको देश हो । तर, चीन अमेरिकालाई उछिन्न तिव्र गतिमा बढिरहेको छ ।

अहिलेकै गतिमा आर्थिक वृद्धि हासिल गरेमा चीन सन् २०३० भित्र विश्वकै ठूलो जीडीपी भएको देश बन्नेछ । भारत २०५० भित्र विश्वकै ठूलो अर्थतन्त्र भएको देश बन्ने आँकलन समेत गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया