३१ भाद्र २०८१, सोमबार | September 17, 2024

अरुण चौधरी छाड्न आदेश दिने न्यायाधीश यज्ञ आचार्य माइनस डिग्रीको मुगुमा काज सरुवा


February 12, 2024
4.7k
Shares

काठमाडौं, २९ माघ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडप्ने व्यवसायी अरुण चौधरीसहित तीजनालाई हाजिरी जमानीमा छाड्न आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यमाथि कारबाही प्रक्रिया बढिरहँदा प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले कठोर कदम चालेका छन् । उनलाई काठमाडौं जिल्ला अदालतबाट तत्काल काज सरुवा गरी मुगु पठाइएको छ ।

मुगुमा यतिबेला माइनस डिग्री तापक्रम छ । त्यस्तो कठ्याङ्ग्रििदो ठण्डीमा उनलाई काज सरुवा गरेर प्रारम्भिक कारबाहीको सन्देश दिइएको छ ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ न्यायाधीश आचार्यसँग असन्तुष्ट भएको बुझिएको छ । उनले आचार्यबारे बुझेपछि काज सरुवा गरेका हुन् ।

न्यायाधीश आचार्यमाथि न्याय परिषद्ले छानविन बढाइसकेको छ । उनीमाथि थप कारबाही हुने बुझिएको छ ।

आचार्यको चौधरी परिवारका हर्ताकर्ता विनोद चौधरीसँग निकटता नेपाली पेनले खुलाइसकेको छ । उनीमाथि कारबाही प्रक्रिया बढेको बारे पनि खुलाइसकेको छ । आचार्य नवलपुरको जिल्ला न्यायाधीश हुँदा चौधरीसँग नजिकिएका थिए । नवलपुरबाट चौधरी चुनाव जितेर आएका हुन् ।

आचार्यको यसै वर्ष काठमाडौं जिल्ला अदालतमा सरुवा भएको हो । उनको बेन्चमा अरुण चौधरीसहित तीनजनाको मुद्दा पारिएको थियो । यसमा केही नाम चलेका वकिलहरु पनि लागेका थिए । उनीहरुबारे पनि गम्भीर छलफल सर्वोच्चमा भएको बुझिएको छ ।

एउटै प्रकृतिको मुद्दामा मीनबहादुर गुरुङ ९० दिन र अरुण चौधरीलाई भने छाड्न आदेश दिइएकोमा प्रश्न उठेको छ । विगतमा न्यायाधीशहरुको फैसलामा प्रश्न उठाउन नपाइने भन्दै मनलाग्दी गर्दा देशमा भ्रष्टाचार न्यायालयसम्म सल्किएको देखिइसकेको छ । नाम चलेका वकिलहरु विचौलिया बन्ने र न्यायाधीशहरु घूसको पोखरीमा डुब्ने हुँदा न्यायालको विश्वसनीयतामै आँच आउने अवस्था बनिसकेको छ । यसबारे प्रधानन्यायाधीश श्रेष्ठ गम्भीर भएको बुझिएको छ ।

अरुण चौधरीलाई छाड्न आदेश दिने यी न्यायाधीशमाथि कारबाही होला ?

यी हुन् अरुण चौधरीलाई दुईदिनभन्दा बढी हिरासतमा राख्न नमिल्ने आदेश दिने न्यायाधीश

प्रतिक्रिया