१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अरुण चौधरीलाई छाड्न आदेश दिने यी न्यायाधीशमाथि कारबाही होला ?


February 9, 2024
5.1k
Shares

काठमाडौं, २६ माघ । पैसा र पावरका भरमा नेपालमा जेसुकै गर्न सकिन्छ भन्ने भाष्य निर्माण गर्न सफल समूह हो चौधरी समूह । यो समूहले नेपालमा सरकारी जग्गा हडप्ने देखि कर छली र पूँजी पलायनको साम्राज्य नै खडा गरेको छ ।

राजनीतिक नेतृत्व, भ्रष्ट न्यायाधीश र भ्रष्ट कर्मचारीलाई प्रभावित बनाई गैरकानूनी क्रियाकलाप गर्दै आउँदा पनि कारबाहीको सामना गर्नुपरेको थिएन । यसपटक भने अति भइसकेको थियो । चौधरी परिवारका अरुण चौधरीमाथि अनुसन्धान बढ्यो ।

त्यसो त बाँसबाँरी छाला जुत्ता कारखानको १० रोपनी जग्गा हडप्ने अरुण मात्र संलग्न थिएनन् । उनका दाजु विनोद चौधरीले यसको योजना धेरै अघि बुनेका थिए । जग्गा बाँडफाँडमा अरुणको भागमा परेको मात्र हो । तर, हिरासतमा परे अरुण ।

अरुणलाई सीआइबीले पक्राउ गनुलाई विनोद चौधरीले आफ्नो प्रतिष्ठासँग जोडे । उनी सारा शक्ति लगाउन पुगे । सत्ता हल्लाउने सम्मको संकेत दिए । अदालतका न्यायाधीशलाई समेत प्रभावित पारे ।

प्रहरीले अनुसन्धान गरिरहँदा प्रभावित बनाउने चलखेल भयो । त्यसमा न्यायाधीश यज्ञप्रसाद आचार्यले भूमिका निभाए । सोमबार काठमाडौं जिल्ला अदालतबाट रोचक आदेश आयो । यज्ञप्रसाद आचार्यको इजलाशले अनुसन्धान कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिरी जमानीमा छाडी बाँकी अनुसन्धान कार्य पूरा गर्न सीआइबीलाई आदेश दियो ।

विगतमा ललिता निवास प्रकरणमा मिनबहादुर गुरुङमाथि यस्तो आदेश आएको थिएन । अन्यको हकमा पनि आएन । तर, चौधरी परिवारका सदस्य भएकाले अरुणको हकमा यस्तो आदेश आयो । यसलाई अनुसन्धान प्रभावित पार्ने चलखेलका रुपमा लिइएको छ ।

न्यायाधीश यज्ञ आचार्यको फैसला पछि प्रश्नहरु उठ्न थालेको छ । उनीमाथि न्याय परिषद्ले छानविन गरी कारबाही गर्ने बुझिएको छ ।

देशमा पछिल्लो समय भ्रष्ट न्यायाधीशहरुले न्याय दिने भन्दा अन्याय गर्ने प्रवृत्ति देखिन थालेको छ । सरकारी र सार्वजनिक जग्गा हडप्नेहरुको पक्षमा कतिपय आदेश जारी भइरहेका छन् । त्यसमाथि धमाधम प्रश्न उठ्न थालेको छ ।

ललिता निवास, बाँसबारी कारखाना, ललितपुरको सप्तपाताल पोखरीबारे जर्बजस्त विषय उठ्न थालेपछि हरिसिद्धि ईट्टा टायल कारखाना, ठमेलको कमलपोखरीमा बनेको छायाँ सेन्टरलगायतको विषयमा पनि भइरहेका अदालती सुनुवाई र विगतमा भएका आदेशबारे चासो बढ्न थालेको छ । यी मुद्दामा चलखेल गर्ने न्यायाधीश र पूर्वन्यायाधीशहरुबारे पनि छानविन बढ्ने बुझिएको छ ।

यी हुन् अरुण चौधरीलाई दुईदिनभन्दा बढी हिरासतमा राख्न नमिल्ने आदेश दिने न्यायाधीश

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया