२२ भाद्र २०८१, शनिबार | September 8, 2024

पाकिस्तानको चुनावले देखायो इमरान खान अझै मजबुत


February 10, 2024
830
Shares

एजेन्सी, २७ माघ । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अझै राजनीतिक रुपमा मजबुत देखिएका छन् । उनलाई जेलमा राखेर पार्टीलाई समेत प्रतिबन्ध लगाइयो । तर, खान समर्थित स्वतन्त्र उम्मेदवारहरुले सफलता हासिल गरेका छन् त्यहाँको चुनावमा ।

पूर्व स्टार क्रिकेटर खानको दल पाकिस्तान तेहरिक ई इन्साफ दलसँग जोडिएका स्वतन्त्र उम्मेदवारले धेरै स्थान जितेका छन् । तर, समानुपातिकतर्फमा उक्त दल नरहेकाले नवाज सरिफ नेतृत्वकै दल पास्तिान मुस्लिम लिग नेस्नल सबैभन्दा ठूलो दल बन्ने भएको छ ।

सरिफको दलसँग सरकार बनाउन बहुमत छैन । उनले अन्य दल र स्वतन्त्र उम्मेदवारहरुलाई संयुक्त सरकार गठनको आव्हान गरेका छन् ।

बेनजिर भुट्टोका छोरा विलवाल भुट्टोले नेतृत्व गरेको पाकिस्तान पिपल्स पार्टीले तेस्रो स्थान हासिल गरेको छ ।

पाकिस्तानमा जुनसुकै दलले चुनाव जितेपनि सेना सबैभन्दा बलियो छ । त्यहाँ सेनाले धेरै पटक कू समेत गरिसेको छ ।

इमरान खानलाई जेल हालिनु र उनको दललाई चुनावमा सहभागी हुन नसक्ने फैसला हुनुलाई त्यहाँको सेनाकै भूमिका मानिएको छ ।

यसैगरी, धेरैवटा मुद्दामा दोषी ठहर भई जेल परेका इमरान खानका समर्थकले यो कदमलाई राजनीतिक उद्देश्यले गरिएको भनेका छन् ।

प्रतिक्रिया