७ आश्विन २०८१, सोमबार | September 23, 2024

प्रहरीमा खुल्यो २ हजारभन्दा बढी भर्ना, कहाँ दिने आवेदन


February 9, 2024
1.2k
Shares

काठमाडौं, २६ माघ । नेपाल प्रहरीले २ हजारभन्दा बढी पद संख्यामा दरखास्त आव्हान गरेको हो । जसमध्ये १ हजार ८५६ जवानको पद हो ।

प्रहरीले ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी मागेको छ । खेलाडीतर्फ, एथलेटिक्स, उसु, भारत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधा छन् ।

२ फागुनबाट ९ चैत्रभित्र आवेदन दिन सकिने जनाइएको छ । खेलाडीले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र जवान र प्रहरी कार्यालय सहयोगी पदमा आवेदन दिनेले प्रदेश तालिम केन्द्रहरुका अलावा उपत्यकाका तीन जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

प्रहरीले ३६५ असईका लागि पनि आवेदन खुलाएको छ । शुक्रबार सूचना जारी गरी भर्ना खुलाएको हो ।

यसअघि ३ कात्तिक २०८० मा माग गरिएको २६० पदमा थप १०५ दरबन्दीसहित दरखास्त आव्हान गरेको हो ।

प्रतिक्रिया