१२ पुस २०८१, शुक्रबार | December 27, 2024

यी हुन् अरुण चौधरीलाई दुईदिनभन्दा बढी हिरासतमा राख्न नमिल्ने आदेश दिने न्यायाधीश


February 7, 2024
893.5k
Shares

काठमाडौं, २४ माघ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा ठगी प्रकरणमा पक्राउ परी सीआइबीले अनुसन्धान गरिरहँदा काठमाडौं जिल्ला अदालतबाट सोमबार अर्थपूर्ण आदेश आयो । आदेशमा दुई दिनभित्र हाजिर जमानीमा छाड्न भनियो । यस्तो आदेश दिने न्यायाधीश हुन् यज्ञप्रसाद आचार्य ।

काठमाडौं जिल्लाका न्यायाधीश आचार्यको यो आदेश चर्चामा छ । प्रहरीले अनुसन्धान गरिरहँदा हिरासतमा नराख्न भनी रोचक आदेश आउनु सामान्य विषय थिएन ।

जिल्ला न्यायाधीश आचार्यले आरोपीतहरुलाई रिहा गर्न आदेश दिने क्रममा पक्राउ परेका तत्कालीन बासबारी छाला जुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंह थापाको उमेर ८० वर्ष माथि रहेको विषय पनि उल्लेख छ । अरुण चौधरी र सञ्जय ठाकुरले हजारौंलाई रोजगारी दिएको भन्दै थुना बाहिर राखेर अनुसन्धानमा सघाउन भनिएको थियो ।

अरुण चौधरी, अजितनारायण थापा र सञ्जय ठाकुर १८ माघमा पक्राउ परेका थिए । उनीहरु बुधबार छुटेका छन् । विगतमा अरुण चौधरीले भन्दा बढी लगानी गरेका र रोजगारी दिएका मीनबहादुर गुरुङ हिरासतमा रहँदा त्यस्तो आदेश कहीं कतैबाट आएन । अरुणको हकमा भने राज्यसंयन्त्रमाथि नै दबाब सृजना गर्न एउटा शक्ति नै लाग्यो । विनोद चौधरी हात धोएर लागे ।

काँग्रेसभित्र शेरबहादुर देउवा संसदीय दलमा अल्पमतमा पर्ने सम्मको डर देखाइयो । विनोद चौधरी र उनको परिवारका सदस्यलाई संरक्षण नगरे आकाशै खस्ला जस्तो गरियो । सानालाई ऐन ठूलालाई चैन गरियो ।

तस्बिरमा त्रुटी भएकाले सच्याइएको छ । यसका लागि पाठकवर्गमा क्षमा याचना गर्दछौं ।

प्रतिक्रिया