४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

को बन्ला दूरसञ्चार प्राधिकरणको अध्यक्ष ?


January 28, 2024
249
Shares

काठमाडौं, १४ माघ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुलेको छ । पुरुषोत्तम खनालले अध्यक्षबाट राजीनामा दिएपछि रिक्त पदमा सञ्चार मन्त्रालयले आवेदन खुलाएको हो ।

प्राधिकरण दूरसञ्चार सम्बन्धि संस्थाहरुको नियामक निकाय हो । यसकारण पनि यो पदको महत्व रहिआएको छ ।

प्राधिकरणको अध्यक्ष बन्न सञ्चार मन्त्रालयमा विज्ञ भनी नियुक्त गरिएका भूपेन्द्र भण्डारीको चासो बढी देखिएको छ । उनी विगतमा व्यवसायी उपेन्द्र महतो र राजबहादुर सिंहसँग निकट रहेर काम गसिकेका छन् ।

सञ्चारमन्त्री रेखा शर्माका पति कृष्णध्वज खड्कासँग भण्डारीको निकटता रहेको छ । प्राधिकरणमा आफू अनुकूलको अध्यक्ष ल्याएर एनसेल कर छली प्रकरण सामसुम पार्न एउटा समूह नै लागेको छ ।

प्राधिकरणको अध्यक्षको दौडमा विभिन्न संस्थामा काम गरिरहेका र विगतमा काम गरेकाहरु पनि रहेका छन् ।

प्रतिक्रिया