७ आश्विन २०८१, सोमबार | September 23, 2024

अफ्रिकामा फुटबलका नयाँ शक्तिको उदय, पुरानाको वर्चश्व सकियो


January 27, 2024
2.7k
Shares

एजेन्सी, १३ माघ । अफ्रिकामा फुटबलका पुराना शक्तिहरुको वर्चश्व सकिएको छ । उनीहरुलाई फुटबलका नयाँ शक्तिले चुनौती दिएसँगै वर्चश्व सकिएको हो ।

अफ्रिकामा फुटबलका शक्तिशाली देश मानिन्थे नाइजेरिया, ट्युनिसिया, अल्जेरिया, मोरक्को, क्यामरुन, आइभोरीकोस्ट, इजिप्ट, सेनेगल, दक्षिण अफ्रिका र घाना । तर, जारी अफ्रिकी नेसन कपमा यी देशहरुले नयाँ शक्तिसँग नमीठो हार व्यहोरे ।

समूह चरण पार गर्न पुराना फुटबल शक्तिलाई कठिन भयो । कतिपय नकआउट चरणमा पुग्न सकेनन् । घाना, टुयुनिसिया र अल्जेरिया समूह चरण पार गर्न असफल भए ।

आइभोरी कोस्ट त भाग्यले दोस्रो चरण प्रवेश गर्न सक्यो । अँगोला, नामिबिया, इक्वेटरियल गिनी, गिनी, कँगो, केपे भर्डे, मौरिटानिया, माली र बुर्किना फासो नकआउट चरणमा प्रवेश गरे ।

आइभोरी कोस्टले समूह चरणका दुई खेल हारेको थियो । इजिप्टले सबै खेलमा बराबरी गर्यो । घानाले दुई बराबरी र एक हार व्यहोरेको थियो ।

क्यामरुन कठिन जीत निकालेर मुश्किलले नकआउट चरण पुग्यो । अल्जेरियाले दुई बराबरी र एक हार व्यहोर्दा नकआउट चरण पार गर्न सकेन । ट्युनिसियाको पनि त्यही हालत भयो ।

अफ्रिकामा फुटबलको क्रेज बढी छ । त्यहाँका खेलाडीहरु विश्वका महङ्गा लिग खेल्छन् । त्यसकारण पनि फुटबलको त्यस क्षेत्रमा निकै महत्व छ ।

प्रतिक्रिया