४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भ्रष्टाचार र गैरकानूनी पूँजी पलायनमा संलग्न विकल र सुनिल पक्राउ


January 24, 2024
9k
Shares

काठमाडौं, १० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइटीसम्बन्धी भ्रष्टाचार काण्डमा मुद्या दायर गरिएका विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको छ । उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिई थप अनुसन्धान बढाएको हो ।

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल करोडौंको भ्रष्टाचार काण्डमा मुछिएका पात्र हुन् ।

१५ असोज २०८० मा पौडेलसहितलाई अख्तियारले २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबीसहित अख्तियारले भ्रष्टाचार मुद्या दायर गरेको थियो । विकललाई २०८० को वैशाख महिनामा ७० करोडको बिगो दाबीसहित मुद्या दायर गरेको थियो ।

सुनिल र विकलको विदेश ओहोरदोहोर र आइटी माफियासँगको साँठगाँठबारे नेपाल पेनले प्रकाशित गर्दै आएको थियो । उनीहरुमाथि भ्रष्टाचार मुद्या चलाएपछि पनि पक्राउ गरिएको थिएन । दुवैले भ्रष्टाचार गर्ने र घूसको लेनदेन विदेशमा गर्दै आएका थिए ।

सुनिल र विकलको समूह इम्बोस्ड नम्बर प्लेटको चलखेलमा पनि संलग्न छन् । उनीहरुकै डिजाइनमा नेपाली भाषा हटाएर अंग्रजी रोमन भाषाको नम्बर प्लेट राख्ने र अरबौंको चलखेल गर्ने कार्य बढेको थियो । पौडेलको समूहले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पनि घूस दिएको तथ्यहरु खुल्दै गएका छन् ।

सुनिल र विकलको समूह टेलिकम माफियासँग मिलेर ठूलै आर्थिक लेनदेन गरेका थिए । सुनिल पौडेल शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । विकल पौडेल केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आइटी क्षेत्रको महत्वपूर्ण पदमा आएका थिए ।

प्रतिक्रिया