३१ भाद्र २०८१, सोमबार | September 17, 2024

यसरी भयो अयोध्यामा भगवान श्रीरामको प्राण प्रतिष्ठा (फोटोफिचर)


January 22, 2024
6.8k
Shares

अयोध्या, ८ माघ । भारतको अयोध्यामा भगवान श्रीरामको प्राण प्रतिष्ठा समारोह भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरी भगवान श्रीरामको बाल्यकालको अवस्थाको मूर्ति ‘रामलला’ को प्राण प्रतिष्ठा गरिएको हो । प्राण प्रतिष्ठा वैदिक मंत्रोच्चारणका साथ भयो ।

समारोहमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत मन्दिरको गर्भगृहमा पुगेका थिए ।

भारतभित्र र बाहिरका सन्तहरुको प्राण प्रतिष्ठामा सहभागिता थियो । भारतका कलाकार, प्रतिष्ठित व्यक्तित्वहरुको श्रीराममन्दिर स्थलमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया