६ आश्विन २०८१, आइतबार | September 23, 2024

शहीदहरूको रगत खेर जान नदिने डा.झाको प्रतिबद्धता


January 19, 2024
2.7k
Shares

जनकपुर,५ माघ । जनकपुरधामस्थित भमरपुरा चोकमा आज शहीदहरूलाई स्मरण गर्दै १७औं बलिदानी दिवस भव्य रुपमा मनाइएको छ ।

जनकपुर निर्वाचन क्षेत्र न.३ स्थित भमरापुरा चोकमा आज शहिदहरुको शालिकमा माल्यार्पण गर्दै बलिदानी दिवस मनाइएको हो ।

प्रसिद्ध छाला तथा यौनरोग विशेषज्ञ तथा क्षेत्र न.३ का प्रदेश सभा उम्मेदवार युवा नेता डा.प्रसन्न झाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता जनकपुर–९ का वडा अध्यक्ष रामु साहले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै डा.झाले शहीदहरूको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा जनमत पार्टी केन्द्रीय कार्यकारिणी सदस्य इन्द्रजीत यादव,केन्द्रीय सदस्य फूल कुमारी यादव,बिजय साह एवं सब्बीर राईन, निर्वाचित प्रदेश सभासद हसीना खÞातून, रन्जु खंग मण्डल, परीक्षण बिभाग धनुषा जिल्ला अध्यक्ष सुरेश साह तथा क्षेत्र न. ३ का अगुवा नेताहरू सरोज मण्डल, सन्जिप साह,रामचन्द्र शर्मा,अजय पासमान,रणजीत राय, नागेन्द्र मण्डल तथा विभिन्न वार्डका अध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया