२३ भाद्र २०८१, आइतबार | September 8, 2024

समस्याग्रस्त सँसारमा हिन्दुत्व सञ्जीवनीबुटी


January 18, 2024
4.2k
Shares

विपिन देवः सन् २०२४ जनवरी २२ अर्थात् ८ माघमा आयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठाको समारोह रहेको छ । संसारका प्रमुख समाचार गृहहरूले उक्त कार्यक्रमको वारेमा व्यापक विर्मश गरेको देखिन्छ । पश्चिमा संचार गृहहरूले उक्त कार्यक्रमलाई धर्मनिरपेक्षताको हत्या र हिन्दुत्वको विजयको रूपमा व्याख्या गरेका छन् । वास्तवमा संचार गृहहरूले “हिन्दुत्व”को मौलिकतालाई आलोकित गरेको देखिदैन । हिन्दु धर्म र हिन्दुत्व फरक फरक अवधारणा र आस्था हुन् । हिन्दुत्वको आन्दोलनको लामो इतिहास रहेको छ । “हिन्दुत्व” एक राजनीतिक प्रस्तावना हो । यो प्रस्तावनाको समग्रता बुझ्न वीर सावरकारको व्यक्तित्व र कृतित्वलाई उठान गर्नु पर्दछ । भारतको विशाल राजनैतिक प्राङ्गणमा सावरकर सर्वाधिक चर्चाका पात्र हुन् । उनको प्रथम पुस्तक “फष्ट वार अफ  इण्डेपेन्डेन्स” प्रकाशित हुनु भन्दा पहिले नै प्रतिवन्ध भएका थिए । उनको क्रान्तीकारी व्यक्तित्व मिथक पात्र जस्तो देखिन्छ । अंग्रेज सरकारले बेलायतबाट भारत जेल चलान गर्दा विच समुद्रमा नै पानी जहाजबाट हाम फाल्न सक्ने अदभूत र अदभ्य शाहासका प्रतिमुर्ति सावरकर नै थियो । अंग्रेज सरकारले उनलाई अण्डामानको सबभन्दा पिडादायी कारागारमा २५ र २५ वर्षको दुईवटा सरकार विरोधी अभियोगमा कैदी बनाइएको थियो ।

जेलको पर्खालमा ढुङ्गालाई कलम बनाएर ६ हजार कविता लेख्न सफल भएका सावरकर समाज सुधारक समेत थिए । उनले नै सर्वप्रथम “हिन्दुत्व”को राजनैतीक प्रस्तावना अगाडि सारे । अर्थात् हिन्दुत्व भन्नाले प्रत्येक भारतेलीले भारतलाई “पितृ भुमि र पुण्य भुमी”को रूपमा स्वीकार गर्नु पर्ने उनको आग्रह रहेको छ । मक्का, मदिना र रोमलाई पुण्य भूमीको रूपमा स्वीकार गर्ने राष्ट्रवादी हुन सक्दैन भने उनको तर्क रहेको छ । हिन्दुत्वलाई सावरकरले प्रार्थना पद्वति र उपासना पद्वतिको रूपमा व्याख्या गरेको देखिदैन । उनका जीवनीकार आषुतोश देशमुखले आप्mना पुस्तक “व्रेभ हार्ट”मा सावरकरको हिन्दुत्वको प्रस्तावनालाई विस्तृत व्याख्या गरेको देखिन्छ । विक्रम साम्पद जस्ता सावरकारको जीवनीकारले सावरकारको प्रभाव भगत सिंह, सुखदेव लगायत अनेकौ क्रान्तीकारीमा माथि रहेको कुरा उल्लेख गरेका छन् । गान्धी हत्या पश्चात सावरकरलाई प्रश्नको घेरामा ल्याइयो । तर अनुसन्धानले उनलाई दोषि नदेखाए तापनि सन् २००० मा अटल विहारी बजापेयीको सिफारिश भए तापनि तत्कालीन राष्ट्रपति के.आर. नारायणले सावरकारलाई भारत रत्नबाट वियुषित गरेन । हिन्दुत्वको राजनीतिलाई अगाडि बढाउने क्रम जारी नै रह्यो ।

हिन्दुत्वको राजनीतिलाई अगाडि बढाउने अर्को मूर्धन्य व्यक्तित्व हुन्( डा. श्यामा प्रसाद मुखर्जी । ३३ वर्षको उमेरमा कलकत्ता विश्व विद्यालयका कुलपति भइसकेका डा. मुखर्जी अभुतपूर्व विद्वान थिए । उहॉलाई भारतीय संसदको सिंह भनिन्थ्यो । गान्धीको विषेश अनुरोधमा उहॉलाई नेहरु मन्त्रीमण्डलमा उद्योग मन्त्री नियुक्त गरियो । डा. मुखर्जी हिन्दुमहासभाको अध्यक्ष समेत थिए । सन् १९५० मा नेहरु लियाकत प्यामट भयो । अर्थात् पाकिस्तानको हिन्दुको अवस्थालाई हेर्ने जिम्मा पाकिस्तान सरकारको र भारतको मुशलमानको अवस्था हेर्ने जिम्मा भारत सरकारको रहेको थियो । डा. मुखर्जीलाई पाकिस्तानको सरकारको नियत माथि विश्वास थिए ।

भारत विभाजन ताका पाकिस्तानमा हिन्दुको संख्या १७ प्रतिशत थियो भने वर्तमान अवस्थामा ३ प्रतिशत रहेको छ । डा. मुखर्जी त्यही बेला नेहरुलाई पाकिस्तानको नियत माथि संका गर्न आग्रह गरेका थिए । डा. मुखर्जीलाई नेहरुको काश्मिर नीति मान्य थिएन । तत्कालीन अवस्थामा काश्मिरको आफ्नै संविधान, झण्डा र पहिचान थियो । कुनै पनि भारतीयले काश्मिर प्रवेश गर्दा प्रवेश आज्ञा लिनु पथ्र्यो । डा. मुखर्जीको के नारा थियो कि एक देशमा एक कानुन, एक झण्डा र एक संविधान मात्र हुनु पर्दछ । सन् १९५१ तका हिन्दुमहासभा र राष्ट्रिय स्वंय सेवक संघको सहकार्यमा एक नयॉ पार्टीको गठन भयो । जसको नाम जनसंघ हुन गयो । कालान्तरमा जनसंघ नै भारतीय जनता पार्टीका रुपान्तरित भयो । डा. मुखर्जी काश्मिरको प्रवेश निषेधको अवज्ञा गर्दै काश्मिरमा आफ्नो गिरफ्तारी दियो । उनको मृत्यु कारागारमा नै वडो रहस्यमय ढङ्गले भयो । हिन्दुत्वको आन्दोलन जनसंघले जारी राख्यो । हिन्दुतवको आन्दोलनलाई अगाडि बढाउनमा ग्वालवालकारको योगदान बुझ्न जरुरी देखिन्छ । राष्ट्रिय स्वंय सेवक संघ र जनसंघको विच समदुरी र सहकार्यलाई ४३ वर्षसम्म उनले आफ्नो नेतृत्व कार्यकालमा निर्वाह गरे ।

काश्मिर विलय बखत काश्मिरका महराजा हरि सिंहलाई भारतमा एकीकरण गराउने विराट व्यक्तित्व गुरुजी (ग्वालकर) नै थिए । सन् १९६२ मा भारत( चीन युद्धताका राष्ट्रिय स्वंय सेवक संघको कार्यकर्तालाई राष्ट्रियताको पक्षमा परिचालित गर्ने व्यक्ति गुरुजी नै थिए । जीवनको उत्तराद्धमा नेहरु पनि प्रभावित हु‘दै गणतन्त्र दिवसको अवसरमा आर.एस.एस.का कार्यकताहरूलाई परेडमा भाग लिन निमन्त्रणा गरेका थिए । गुरुजीले हिन्दुत्व दर्शन र समाजलाई पूर्वीय दर्शनको आलोकमा अगाडि बढाउन  कालजयी कृती “वन्च ऑफ थौट”मा आग्रह गरेका छन् । तर हिन्दुत्वलाई दार्शनीक रूपमा सुत्रात्मक व्याख्या गर्ने जनसंघका अध्यक्ष दीन दयाल उपाध्यायलाई नै लिइन्छ । डा. मुखर्जी पश्चात जनसंघको नेतृत्व पण्डित दीन दयाल उपाध्यायले ग्रहण गरेका थिए । उनले पू‘जीवाद र साम्यवादको प्रस्तावनालाई प्रश्नको घेरामा राखे । अर्थात् पूंजीवाद र साम्यवाद साम्राज्यवादको मनसपुत्र हुन भने उनको ठहर थियो । पू‘जीवाद र साम्यवादले मानवलाई वस्तुवादी, लोभी र भोगवाद प्रति ललायित बनाउने कुरा उनले प्रकास पारेका छन् । हिन्दुतव दर्शनलाई सुत्रात्मक व्याख्या गर्दै उनले नयॉ राजनैतिक प्रस्तावना “एकात्मक मानववाद”लाई अगाडि सारे । जनसंघको राजनैतिक प्रस्तावना कालान्तरमा भाजपाको राजनीतिक घोषणापत्र हुन गयो । पण्डित उपाधयायले एकात्मक मानववादलाई मानवताको समग्र विकाससंग जोडेको छ ।

“आन्तोदय” अर्थात् राज्यको मुख्य दायित्व समाजको सबभन्दा पिडित, प्रताडित र अवहेलित मानव प्रति संवेदनशिल हुनु हो । एकात्मक मानववादले राज्यको संयन्त्रको वारेमा समेत दिशा निर्देश गरेको छ । सरकारको दायित्व नर (मानव) लाई नारायण (भगवान) मा परिर्वतन गराउनु हो । अर्थात् राज्यको दायित्व नै व्यक्तिलाई समाजप्रतिको दायित्व बढाउनु हो । हिन्दुत्वको आन्दोलन अनवरत रूपमा बढ्दै गयो । स्मरण रहोस अटल विहारी वाजपेयी डा. मुखर्जीका निजी सचिव थिए । त्यस्तै लालकृषण आडवाणी समेत वजपेयीका निजी सचिव थिए । “हिन्दुत्व” दर्शन अनुसार सचिव साथी भैm चतुर र कुशल हुनु पर्दछ । अर्जुनलाई सफल बनाउन कृष्ण नै चाहिन्छ । नब्वेको दशकमा हिन्दुत्वलाई राष्ट्रिय आन्दोलनको रूपमा अगाडि बढाउने काम लालकृष्ण आडवानीले गरे । सोमनाथदेखि रथ यात्रा सुरु गरेर भारतीय जनता पार्टीको संगठनन सुदृदिकरणदेखि हिन्दुत्वको आधारमा राष्ट्रवादलाई बलियो बनाउने काम उनको कुशल नेतृत्वले दिएको थियो । आफ्नो पुस्तक “माइ कन्टरी, माई लाइफ” मा उनले राम मन्दिरको योजनाको सारतत्वको वारेमा विषेश चर्चा गरेका छन् । उनको अध्यक्षताको समयमा नै भारतीय जनता पार्टी अंकगणीतीय हिसाबले समेत अब्वल भएका थिए ।

सन् २०२४, २२ जनवरीको राम मन्दिरको प्राण प्रतिष्ठाले १०० वर्षको हिन्दुत्वको संघर्षको प्रतिफलको रूपमा देख्न सकिन्छ । हिन्दुत्व भन्नाले एउटा सभ्यता, संस्कृती र धरोहर हो । हिन्दुत्व साधना पद्धति र उपासना पद्धति होइन । नरेन्द्र मोदीको नेतृत्वमा राज्य संयन्त्रलाई प्राचिनता र आधुनिकताको अन्तरधुलनबाट वैद्धिक मान्यता अनुसार अगाडि बढाउन सकेको खण्डमा हिन्दुत्वको मोडेल अरु देश र सभ्यताको लागि समेत उपयोगी सिद्ध हुन सक्दछ । पाश्विक बलको संग्राम भइरहेको सँसारमा हिन्दुत्वको सञ्जीवनीले यसको उपचार गर्न सक्दछ ।

प्रतिक्रिया