१९ पुस २०८१, शुक्रबार | January 3, 2025

टेलिकम माफियाको घेरामा रेखा


January 14, 2024
1.3k
Shares

काठमाडौं, २९ पुस । देशको सञ्चारमन्त्री छिन् रेखा शर्मा । तर, उनी टेलिकम माफियाको घेरामा परेकी छिन् ।

शर्मा मन्त्री भएपनि उनका पति कृष्णध्वज खड्का मन्त्रालयको काममा हालीमुहाली छन् । खड्कालाई प्रभावित पारेर सञ्चार मन्त्रालयको विज्ञ नियुक्त गरिएका छन् भूपेन्द्र भण्डारी । भण्डारी लामो समय टेलिकम माफियासँग सम्बन्ध बनाएर विवादमा आएका व्यक्ति हुन् । भण्डारीलाई सञ्चार विज्ञ बनाएर शर्माका पति खड्काले टेलिकम क्षेत्रमा ठूलो चलखेल गर्दै आएका छन् ।

भण्डारीको विशेष सम्बन्ध राजबहादुर सिंहसँग छ । सिंहसँग काम गरिसकेका भण्डारी अर्का विवादास्पद व्यापारी उपेन्द्र महतोसँग पनि जोडिएका व्यक्ति हुन् ।
एनसेल प्रकरणमा पर्दाबाहिर सचिनलाल आचार्य र उनको परिवार देखिएपनि भित्र भित्र महतो समूहको मुख्य भूमिका रहेको छ । यसैलाई सफल पार्न भण्डारीलाई विज्ञ बनाएर ल्याइएको हो ।

एनसेल प्रकरणमा कर छली जस्ले खोतल्न खोज्छ उसलाई ठेगान लगाउने प्रपञ्च पनि माफिया समूहले रचेको छ । यसका लागि रेखा शर्मालाई माफियाले घेराबन्दीमा राखेको छ ।

रोचक त यो छ कि एनसेल कर छलीको चर्चा चलेपछि जाँचबुझ समितिका नाममा टंकमणि शर्मालाई ल्याइएको छ । शर्मा एनसेललाई लाभ हुने गरी गतिविधि गर्दै आएका पात्र हुन् । एनसेलको शेयर पर्चेजको सक्कल पत्र प्रमाणित गरी खोजबिन भएपछि कतिपय व्यक्तिहरु तारोमा परिसकेका छन् । सञ्चार सचिवबाट कृष्णबहादुर राउतको सरुवा भइसकेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई राजीनामा दिन वाध्य बनाइएको छ ।

एनसेल कर छली लुकाउन सहयोगी बन्न तयार नभएपछि राउत र खनाललाई पाखा लगाइएको बुझिएको छ । एनसेल कर छली मिलाउन ठूलै माफिया समूह हात धोएर लागेको छ । यो कर छलीबाट देशलाई करवापत् मात्र ६० अर्बभन्दा बढी नोक्शान परिसकेको छ । देशबाट खरबौं रकम योजनावद्ध तरिकाले बाहिर पठाइएको छ ।
एनसेलको ऋण नै अरबौं भएको अवस्थामा ६ अर्बमा ८० प्रतिशत शेयर विक्रीको नाटक मञ्चन गरिएको छ ।

शर्माको बेलायत यात्रा
जाँचबुझ समितिका अध्यक्ष टंकमणि शर्मा फुत्त बेलायत पुगेर फर्किएका छन् । उनी सेमिनारको बहानामा बेलायत पुगेर फर्किएका हुन् । बेलायतमै दर्ता रहेको कम्पनी स्पेक्ट्रलाइन युकेले अजियाटाको शेयर खरिद गरेको हो । स्पेक्ट्रलाइन केही महिना अघि मात्र बेलायतमा खोलिएको हो । उक्त कम्पनी खोल्नुमा एनसेलको कर छली नै मुख्य उद्देश्य रहेको छ ।

शर्माको बेलायत भ्रमण र स्पेक्ट्रलाइन बेलायतमै हुनुमा कनेक्शन रहेको विश्वस्त स्रोतले नेपाल पेनलाई बताएको छ । स्रोतका अनुसार शर्मा एनसेल माफियासँग नजिक छन् र उनीहरुकै चलखेल अनुसार काम गरिरहेका छन् ।

प्रतिक्रिया