२२ कार्तिक २०८१, बिहिबार | November 7, 2024

नेपाल बन्छ भने


January 11, 2024
7.6k
Shares

कविता जोशी:

पृथ्वी भानु उदाउदा कुसुमले

पायाे जवानी रङ

भक्ती देश जुटाउने अमरकाे

गाथा र माथा सङ

लाखौं जात र जातिका

मिलनकाे याे छत्रछाया बने

स्वप्ना एक थियाे अखण्ड

रचना नेपाल मेराे भने ।१।

 

टिष्टा याैवनकाे सरेर पहिला

हाे साधकाे काँकडा

नेपाली पनमा हिमाल तनया

भू-स्वर्गकाे एकता

जाे देखे सपना प्रदिप्त रविले

गालेर सिङ्गाे हुने साझा भक्ति र भावना

सकलले नेपाल मेराे भने ।२।

 

आमा अर्ति पिएर प्यास

पसिना भाे राष्ट्रकाे सिर्जना

औला एक उठाइ दिव्य

उपमा पूरा हुने तिर्सना

दाे ढुङ्गा तरुमा नझुक्नु रिपुमा

चातुर्यताले छुने

बारेकाे दिल भित्र बार बलियाे

नेपाल मेराे भने ।३।

 

मेचिका करले अगाल रहदा

काली नदीका तिर

ध्वजा चन्द्र र सूर्यकाे सगरमा

माथा छुने हाे शिर

टुक्रा धेर मिलाइ भाव सुनकाे

श्रीफुल बन्ला भने

इन्द्रेणी रङ सात साथ रहने

नेपाल मेराे भने ।४।

 

हाेलान फूल अनेक एक

सपना फुल्ने सबै काेपिला

शालीग्राम कुदेर जान्छ तटमा

काली नदीले शिला

हिमाली शिरमा पहाड बिचमा

गाेडा तराई बने

बस्ने व्यास गुफा त्रिखण्ड

रचना नेपाल मेराे भने ।५।

 

यी साना दुःखले नअार्जि

मनले बन्थ्याे कहाँ याे घर

आँखा दिव्य छ तालमा

सयथरी गाेडाहरुकाे भर

आत्मा राम दगुर्छ नित्य

नभमा यी ताल छाया बने

हिरा हाे धरती छ स्वर्ग

सरिकाे नेपाल मेराे भने ।६।

 

काेसी गण्डक बग्दछिन्

हृदयमा छामेर नाडी नसा

कर्णाली जलले भिरेर ममता

छाेपाेस सबै दुर्दशा

पुर्वै पश्चिम क्षेत्रका कुलशखा

मेची र काली बने

राराले  शिरकाे दिलाइ तकिया

नेपाल मेराे भने ।।७।

प्रतिक्रिया