३ आश्विन २०८१, बिहिबार | September 20, 2024

नेपालका यी पूजारीले गराउनेछन् अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा


January 6, 2024
3.2k
Shares

काठमाडौं, २१ पुस । भारतको अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति प्राण प्रतिष्ठा समारोहको वैदिक रीति रिवाजले विशेष पूजा २ माघ देखि देखि प्रारम्भ हुंदैछ जुन ८ माघसम्म चल्नेछ । प्राण प्रतिष्ठाको लागि गरिने विशेष पूजाको निम्ति नेपालबाट एक जना विशेष पूजारीलाई आमंत्रित गरिएको छ। श्रीराम जन्मभूमि मन्दिरको शिलान्यासको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चार सहित शिलान्यास गराउने नेपाली मूलका पूजारी आचार्य दुर्गा प्रसाद गौतमलाई पुनः विशेष पूजाको लागि निम्तो गरिएको छ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामंत्री चम्पत रायले दुर्गा प्रसाद गौतमलाई अयोध्याको नवनिर्मित मन्दिरमा हुन गई रहेको प्राण प्रतिष्ठाको विशेष पूजामा सहभागी हुन आग्रह सहित निमन्त्रण पत्र पठाएका छन्। झापाको मेचीनगर निवासी गौतमले आफूलाई प्राण प्रतिष्ठाको पूजा गराउन निम्तो पाउनु गौरवको विषय भएको बताएका छन्। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ५ अगस्त २०१९ मा शिलान्यास गराएको सौभाग्य प्राप्त भएको बताउंदै सो ही मन्दिरको निर्माण पछि मूर्ति प्राण प्रतिष्ठामा पनि निम्तो पाउनु पूरै देशकै लागि गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्।

अयोध्याको प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन नेपालका विभिन्न सम्मानित सन्त तथा धार्मिक संगठनका प्रमुखहरूलाई निम्तो आएको छ। विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र सिंहले नेपालबाट झण्डै ३५ जना साधु संतहरूलाई अयोध्याबाट प्राण प्रतिष्ठामा समारोहमा निम्तो आएको जानकारी दिए।

प्रतिक्रिया