सर्लाहीको बरहथवामा झडप, एक जनाको मृत्यु

काठमाडौँ,२० पुस। सर्लाहीको बरहथवामा झडपमा एक जनाको मृत्यु भएको छ । सो नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार अस्पतालबारे छलफल गर्न डाकिएको सर्वदलीय बैठकमा विवाद भएपछि स्थिति झडपमा परिणत भएको हो ।
प्रहरीको अनुसार मृतकको पहिचान भने भइसकेको छैन्। झडपमा प्रहरीतर्फ सात जना घाइते भएका छन् ।
आक्रोशित समूहले वरहथवा नगरपालिकाका मेयर कल्पनाकुमारी कटवालको घरमा गएर तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्याससहित गोली प्रहार गरेको थियो ।