३ आश्विन २०८१, बिहिबार | September 20, 2024

भारतका विदेशमन्त्री जयशंकरको उच्च प्राथमिकतामा किन पर्यो नेपाल


January 4, 2024
249
Shares

काठमाडौं, १९ पुस । भारतका विदेशमन्त्री एस जयशंकर सन् २०२४ को पहिलो भ्रमण नेपाललाई बनाएर महत्वपूर्ण सन्देश दिएका छन् । उनले ट्वीट गर्दै दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साही भएको बताए ।

जयशंकरले ट्वीटमा भनेका छन्, नमस्ते काठमाडौं सन् २०२४ को मेरो पहिलो भ्रमणका्े रुपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु । यसबाट पनि उनले नेपाललाई उच्च प्राथमिकतामा राखेर कूटनीतिक सक्रियता बढाएको सन्देश दिएका छन् ।

नेपाल भ्रमणका क्रममा विद्युतसम्बन्धी महत्वपूर्ण सम्झौता तय छ । यसबाहेक पूर्वाधार विकासको उद्घाटन पनि हुनेछ ।

दुई दिने नेपाल भ्रमणका क्रममा त्रिभुवन विमानस्थलमा उत्रिदा परराष्ट्रमन्त्री एनपी साउद आफै पुगेर स्वागत गरे । जयशंकरमा पनि उत्साह देखिन्थ्यो ।

राजनीतिक भेटघाटमा सक्रिय जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । शितलनिवासमा पौडेललाई भेटेपछि उनले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेका छन् ।

नेपालबारे गहिरो जानकार जयशंकर पूर्वविदेश सचिव पनि हुन् । विदेश सचिवबाट सेवानिवृत्त भएपछि उनी विदेशमन्त्री बनाइएका हुन् ।

प्रतिक्रिया