३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा विश्वविद्यालय सुधारका लागि दबाब कार्यक्रम


January 3, 2024
1.4k
Shares

काठमाडौं, १८ पुस । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले विश्वविद्यालय सुधारका लागि दबाब कार्यक्रम गरेको छ । प्राज्ञिकले त्रिभुवन विश्वविद्यालयमा दबाब कार्यक्रम आयोजना गरेको हो ।

प्राज्ञिकले विश्वविद्यालयमा राजनीतिक नियुक्ति र प्रभाव बन्द गर्नुपर्ने, दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने, शैक्षिक क्यालेन्डर डिजिचलाइसेनको माग गरेको हो ।
दबाब कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव विष्णु प्रसाद पंगेनीले राजनीतिक हस्तक्षेपबाट विश्वविद्यालय मुक्त नभएसम्म सुधारको कल्पना गर्न नसकिने बताए ।

प्राज्ञिकका केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेले शिक्षा क्षेत्रमा समग्र सुधार नै राष्ट्र निर्माणको आधार भएको बताए । उनले विश्वविद्यालयमा सुधारका लागि आफूहरुले दबाब कार्यक्रमलाई अझ प्रभावकारी बनाउने बताए ।

प्राज्ञिक विद्यार्थी परिषद्ले विभिन्न समयमा गरेको दबाब कार्यक्रमले त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयमा सुधारका धेरै कार्यक्रम लागू भइसकेको छ ।

प्रतिक्रिया