३ आश्विन २०८१, बिहिबार | September 20, 2024

भारतसँगको वाणिज्य सन्धी पुनरावलोकन तथा संशोधनको प्रयास


January 3, 2024
332
Shares

काठमाडौं, १८ पुस । भारतका विदेशमन्त्री एस जयशंकरको बिहिबारबाट हुने नेपाल भ्रमणमा महत्वपूर्ण विषयमा छलफल हुने भएका छन् । वाणिज्य मन्त्रालयले बैठकका एजेण्डा तय गरेको छ । जसमा वाणिज्य सन्धी पुनरावलोकन र संशोधनको विषय पनि रहेको छ ।

वाणिज्य मन्त्रायको प्रस्तावमा दुवै देशबीच रहेको वाणिज्य सन्धी पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिव स्तरीय समिति बनाउने प्रयास रहेको छ ।

कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारिज गरेर नेपालले भारतको कृषि जन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको छ ।

भारतबाट नेपालमा आयात हुने कृषि उत्पाद वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्यूटी लगाउन सक्ने प्रस्ताव पनि रहेको छ । नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनु पर्ने प्रस्ताव पनि रहेको छ ।

३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्ताव गरिएको छ ।

भारतले जुट लगायतका सामग्रीमा लगाउंदै आएको एंटी डम्पिंग ड्यूटी हटाउनु पर्ने प्रस्ताव छ । नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनु पर्ने प्रस्ताव पनि रहेको छ ।

प्रतिक्रिया