१२ श्रावण २०८१, शनिबार | July 27, 2024

देशमा ठूलो राजनीतिक दुर्घटनाको संकेत


December 31, 2023
2.6k
Shares

काठमाडौं, १५ पुस । देशमा कुनैपनि बेला भयावह अवस्था आउने संकेतहरु देखिनथालेको छ । एकपछि अर्को गरी सडकमा असन्तुष्टिहरु छताछुल्ल हुनुलाई भुईँचालो आउनुअघिको स सानो हलचलको रुपमा लिइएको छ ।

देशका होनहार युवाहरुमा असन्तुष्ट व्याप्त छ । ३० वर्ष मुनीको उमेर समूहमा सबैभन्दा आक्रोश देखिन्छ जुन देशको भविष्य हुन् । उनीहरु जसरी हुन्छ विदेश जान तम्तयार छन् । विदेश जानका लागि प्राण नै दाउमा राख्न थालेका छन् । देशमा अवसर देख्न छाडेका छन् । नेता देखि प्रशासक र न्यायालयप्रति पनि आक्रोश बढ्दो छ ।

बालकुमारीमा कोरिया जाने सपना बोकेका युवाहरुको आक्रोश सडकमा पोखिएको थियो । शुक्रबार दमनका क्रममा दुई युवाको मृत्यु भयो । त्यो घटनालाई सामसुम पार्न सरकारले अनेकन उपाय लगाइरहेको छ । उक्त घटना केही समय सामसुम भएपनि भविष्यमा योभन्दा भयावह घटनाको खतराहरु देखिएको छ ।

सरकारमा रहेकाहरुमा भ्रष्टाचार व्याप्त छ । खुलेआम अरबौं घोटालाहरु भइरहेका छन् । रोजगारी सृजनाका लागि उद्योगव्यवसाय सञ्चालन गर्न खोज्नेहरु निरुत्साहित भएका छन् । जसले खोलेका छन् उनीहरु ऋणको पासोमा पारिएका छन् । बैंकको ब्याज आकाशिएर धीतो लिलामीको लहर नै चलाइरहेका छन् बैंकिङ माफियाले ।

नीतिनिर्माण तहमा रहनेहरु आफ्नो मात्र स्वार्थ देख्न थालेका छन् । विदेशमै घूसको लेनदेन गरी विदेशमै पूँर्जी पलायनको घटना विकास भएको छ । न देशमा पूँजी जोगिन्छ न त दक्ष जनशक्ति । नेताहरुको अदुरदर्शी गतिविधिले देशमा दुर्घटना निम्त्याउँदैछ । तैपनि, शीर्ष नेताहरु सत्ताको सपनामा मात्र केन्द्रित छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया