३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेपाली सेनाका डाक्टरहरू नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा सम्मानित


December 29, 2023
664
Shares

काठमाडौं, १३ पुस । नेपाली सेनाका डाक्टरहरु सम्मानीत भएका छन् । सेनाको विभिन्न अस्पतालमा सेवा गर्दै आएका ५ जना डाक्टरहरु आज सम्मानित भएका हुन् ।

आम्ड फोर्स मेडिकल कलेज पुणे विश्वविद्यालय महाराष्ट्र भारतबाट चिकित्सा शिक्षा अध्ययन गरेका डाक्टरहरुलाई नीति अनुसन्धान प्रतिष्ठान नेपाल (नेनाप) ले सुक्रवार काठमाडौंमा प्रतिभा सम्मान कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा महासेनानी प्रा.डा. विनोद कार्की, महासेनानी डा। सुनिता पन्त, डा. रोजी वैद्य, सुजित पन्त, डा. सभाना राज्यलक्ष्मी राणा रहेका छन् ।

कार्यक्रममा ब्रिगेडियर जनरल डा. मुकुन्द सिंह श्रेष्ठ, मेडिकल काउन्सिल नेपालका अध्यक्ष चोपलाल भूषाल, नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा. अनिल विक्रम कार्की, भारतीय राजदुतावासका उपप्रमुख प्रसन्न श्रीवास्तव, मेजर जनरल डा. अरुण न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिभा सम्मान कार्यक्रमको प्रस्तावना मन्तव्य नेनापका निर्देशक डा. दीपक अधिकारीले राखेका थिए । यसैगरी, स्वागत मन्तव्य कार्यकारी निर्देशक डा. केशवराज पन्थी र धन्यवाद ज्ञापन डा. दिपेश के.सी. ले राखेका थिए । कार्यक्रम सञ्चालन डा. प्रेमराज न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया