४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै निवदेन दर्ता


December 24, 2023
0
Shares

काठमाडौं,८ पुस । संस्कृति,पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दर्ता भएको छ ।

सामाजिक अभियन्ता युवराज सफलले मन्त्री किराँतीलाई निलम्बन गर्न माग गर्दै आइतबार (आज) निवदेन दर्ता गरेको बताए ।

‘क्रिश्चियन मान्दिन भन्नेलाई जेल हाल्छु’भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिएर मन्त्री किराँतीले नेपालको संविधान २०७२ को धारा ४ को संवैधानिक उल्लंघन गरेको बताए । नैतिकताको आधारमा राजीनामा गराउन वा पदमुक्त गर्न माग गर्दै प्रधानमन्त्रीको नीजि सचिवालयमा निवेदन दिएको सुनाए ।

“क्रिश्चियन मान्दिन भन्नू संविधान मान्दिन भन्नू हो,संविधान मान्दिन भन्नु देशद्रोह गर्नु हो,देशद्रोह गर्नेलाई जेल हाल्छु भनेर सार्वजनिक अभिव्यक्ति दिने माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले नेपालको संविधान २०७२ को धारा ४ को संवैधानिक उलंघन गरेकोले नैतिकताको आधारमा राजीनामा गराउन वा पदमुक्त गर्न माग गर्दै सम्माननीय प्रधानमन्त्री ज्यूको नीजी सचिवालयमा निवेदन दर्ता गरियो ।”–सफलले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया