६ माघ २०८१, आइतबार | January 19, 2025

किन हिन्दुको विरोध गर्छन् बाबुराम भट्टराई


December 22, 2023
830
Shares

काठमाडौं, ६ पुस । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दू धर्मविरोधी अभिव्यक्ति दिदै आएका छन् । उनले योगी आदित्यनाथले नदीमा दुध चढाएको दृश्यमा गरिएको नकारात्मक टिप्पणीको समेत ट्वीटलाई रिट्वीट गर्दै टिप्पणी गरेका थिए ।

भट्टराईले पछिल्लो समय देशमा जागेको हिन्दुत्व विचारलाई ‘भारत’ सँग जोडेर हेरेका छन् । उनले यो मुद्या अखण्ड भारत को उद्देश्यले आएको टिप्पणी गरेका छन् ।

कुनैबेला भारतमै बसेर नेपालको राज्यसत्ता र प्रणालीविरुद्ध युद्ध छेड्ने मुख्य नाइकेमध्ये भट्टराई पनि थिए । उनी जुन विचार फैलाइरहेका थिए त्यो हिंसात्मक थियो ।

माओवादी विचार चीनको थियो भने हिन्दू धर्मविरोधी गतिविधि पश्चिमाहरुको थियो । यस्तो विचार बोकेकालाई आश्रय दिनु भारतको तत्कालीन सरकारको गम्भीर भूल थियो भनी त्यहाँका पूर्व सैनिक अधिकारीहरुबाट सार्वजनिक रुपमा आइसकेको छ ।

विगतमा भारतमा भूमिगत बसेका बाबुरामले अहिले हिन्दुत्व विचारलाई पनि त्यहाँकै भनेजस्तो देखाइरहेका छन् । जबकि हिन्दुत्व विचारसँग जोडिएका ऋषिमुनीहरुको जन्म नै नेपालमा भएको हो ।

बाबुरामको विगत देखि वर्तमानसम्मको भूमिका हिन्दुविरोधी नै देखिएको छ । देशमा धर्मनीरपेक्ष भन्नु नै हिन्दु धर्म विरोधी शब्द हो भन्ने तथ्य माओवादीबाट संस्कृतिमन्त्री बनेका सुदन किराँतीले खुलाइसकेका छन् । उनले क्रिश्चियन समुदायको कार्यक्रममा हामी शब्द प्रयोग गरी क्रिश्चियन नमान्नेलाई जेल हाल्ने धम्की नै दिए ।

माओवादीका मुख्य नेताहरुले हिंसाको बेलामा मन्दिर र हिन्दु धर्म गुरुलाई नै तारो बनाएका थिए । यतिसम्मकी मन्दिरका पूजारी पनि मारिएका थिए । जबकि क्रिश्चियन र मुसलमान धर्मगुरु कसैलाई पनि क्षति पुर्याएनन् । न त गिर्जाघर र मस्जिदमा कुनै नकारात्मक असर पारे ।

योजनावद्ध तरिकाले हिन्दु धर्ममाथि प्रहार गर्दै बढेको समूहमा बाबुराम पनि पर्छन् । उनले कम्युनिस्ट सिद्धान्त त छाडेका छन् तर हिन्दुधर्मविरोधी गतिविधिलाई बढावा दिएका छन् । यो उनीलगायत समूहको ग्रान्डडिजाइन अन्तर्गत नै पर्दछ ।

प्रतिक्रिया