३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सुदन किराँतीको मन्त्री पद धरापमा


December 21, 2023
2k
Shares

काठमाडौं, ५ पुस । क्रिश्चियनलाई नमान्नेलाई जेल हाल्ने धम्की दिने संस्कृतिमन्त्री सुदन किराँतीको पद धरापमा परेको छ । विश्वस्त स्रोतका अनुसार उनलाई प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन लगाउने भएका छन् ।

किराँतीको अभिव्यक्तिको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् किराँतीले सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने उत्तेजक अभिव्यक्ति दिएकाले पदनमा बस्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

बुधबार उपत्यकावासी संयुक्त वृहत ख्रीष्टमस महोत्सव २०८० मा बोल्दै क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो र संविधान मान्दिनँ भन्नेहरु देशद्रोही भएको तर्क गरेका थिए । किराँतीले भनेका थिए, ‘३ करोड नेपालीमा लाखौं क्रिश्चियनहरु भइसकेका छन् । क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।’

प्रतिक्रिया