३१ भाद्र २०८१, सोमबार | September 17, 2024

क्रिश्चियन नमान्नेलाई हत्कडी लगाएर जेलमा हालिदिने संस्कृतिमन्त्री किराँतीको धम्की 


December 21, 2023
1.1k
Shares

काठमाडौं, ५ पुस । देश धर्मनीरपेक्ष बनाएर हिन्दू र बौद्ध धर्मविरुद्धको गतिविधिलाई बढाइएको खुल्दै गएको छ । सरकारका संस्कृतिमन्त्री सुदन किराँतीले नै क्रिश्चियनलाई मान्दिनँ भन्नेलाई देशद्रोहीका. संज्ञा दिदै जेल हालिदिने धम्की दिएका छन् । उनले धर्मनीरपेक्ष संविधानमा राखिनुको उद्देश्य खुलाउँदै हिन्दु, बौद्धलगायत सनातन धर्मालम्बीलाई ठाडै चुनौती दिएका छन् ।

बुधबार मन्त्री सुदन किराँतीले उपत्यकावासी संयुक्त वृहत ख्रीष्टमस महोत्सव २०८० मा चर्को भाषण गरे । उनले देश बहु धार्मिक राज्य भएको र संविधानमा धर्मनीरपेक्ष उल्लेख भइसकेकाले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो र संविधान मान्दिनँ भन्नेहरु देशद्रोही भएको तर्क गरे ।

किराँतीले भने, ‘३ करोड नेपालीमा लाखौं क्रिश्चियनहरु भइसकेका छन् । क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।’

राज्यको कुनै धर्म नहुने तर्क गर्दै किराँतीले प्रधानमन्त्री प्रचण्डमाथि चौतर्फी आक्रमण भइरहेको बताए । उनले आफू र प्रधानमन्त्री प्रचण्डले जिससलाई मान्ने गरेको बताए ।

प्रतिक्रिया