३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रचण्ड, ओली र देउवाको ‘एनसेल माफिया’ सँग सम्बन्ध


December 19, 2023
2.2k
Shares

काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल प्रकरणमा मुछिएकाहरुसँग आफ्नो सम्बन्ध रहेको स्वीकारेका छन् । मंगलबार संसदको राज्य व्यवस्था समितिमा उनले यस्तो स्वीकारोक्ति गरिरहँदा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र शेरबहादुर देउवाको पनि त्यस्ता व्यक्तिहरुसँग सम्बन्ध रहेको खुलाए ।

प्रचण्डले एनसेल खरिद गर्नेहरुसँग उठबस समेत गरेको खुलासा गरेपनि सतिशलाल आचार्य र उनको परिवारको सदस्यको नाम खुलाएनन् । तर, आचार्य परिवारको मुख्य नेताहरुसँग सुमधुर सम्बन्ध रहेको प्रचण्डले नै खुलाइदिए ।

एनसेल प्रकरणमा सतिशलाल आचार्य र भावनासिंह श्रेष्ठ मुख्य देखिएका छन् । यसमा सचिनलाल आचार्य पनि जोडिएका छन् ।

प्रचण्डले संसदीय समितिमा जे खुलाए त्यसको संकेत बुझ्न सकिन्छ कि एनसेल प्रकरणमा मुछिएकाहरुको सबै मुख्य नेताको सम्बन्ध रहेको छ र सबैले लाभ लिएका छन् ।
माफिया शैलीमा नेपालमा कर छली गर्ने र विदेशमा रकम लाने गतिविधि एनसेल प्रकरणमा मुछिएकाहरुले गर्दै आएका छन् । राज्य सञ्चालन गरेकहरुसँग उनीहरुको लामो उठबस चल्दै आएको छ ।

एनसेल प्रकरणमा ३ खर्बको कम्पनीलाई १० अर्बभन्दा कम देखाएर साँढे ६ अर्बमा ८० प्रतिशत शेयर कनिबेच गरिएको छ । यसबाट आधा खर्ब बढी राज्यको कर छली भएको छ । यसअघि नै एनसेलले छली गरेको करको बारेमा अदालतमा मुद्या विचाराधीन छ ।

प्रतिक्रिया