३ आश्विन २०८१, बिहिबार | September 19, 2024

एनसेल प्रकरणमा गंगा जोडिएपछि प्रचण्डले भनेः त्यो बिचरी !


December 19, 2023
2.8k
Shares

काठमाडौं, ३ पुस । एनसेल प्रकरणमा छोरी गंगा दाहाल जोडिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिचरी भनेका छन् । आफ्नी छोरीलाई मुछेर नचाहिने विषय चालिएको उनको दाबी थियो ।

बुधबार संसदको राज्य व्यवस्था समितिमा उठेका प्रश्नको जवाफ दिदै प्रचण्डले गंगा दाहालबारे भने, ‘बिचरा ऊ कस्ती छ, त्यो सबैले थाहा पाउनु भएकै छ ।’

प्रचण्डले छोरी गंगा दाहालमाथ भएको आलोचनालाई संविधान सिस्टम र लोकतान्त्रिक गणतन्त्रमाथिको हमला भने । आफूलाई डिप्रेस र ह्युमिलिएट गरेर व्यवस्था नै उल्टाउन खोजिएको उनको टिप्पणी थियो ।

एनसेल प्रकरणमा आफू र आफ्नो परिवारबाट कुनै संलग्नता नभएको उनको दाबी थियो ।

एनसेलको दशौं अर्ब कर छली प्रकरणमा प्रचण्ड र उनकी छोरी गंगा दाहालको संलग्नताको विषय जोडतोडले उठिरहेको छ । यसबारे प्रचण्डले राज्य व्यवस्था समितिमा आफ्नो धारणा राखेका हुन् ।

 

प्रतिक्रिया