६ आश्विन २०८१, आइतबार | September 22, 2024

कांग्रेस बागमती प्रदेशद्धारा राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन पारित


December 17, 2023
166
Shares

काठमाडौं, १ पुस । नेपाली कांग्रेस बागमती प्रदेशले पहिलो प्रदेश सम्मेलनमा पेस हुने प्रतिवेदन पारित गरेको छ ।

बागमती कांग्रेस सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको प्रदेश कार्यसमितिको आठौँ पूर्ण बैठकले राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन पारित गरेको प्रवक्ता तिलक रुवालीले बताए ।

उनका अनुसार आइतबार बसेको बैठकले कार्यसम्पादन समितिले हालसम्म गरेका निर्णय पनि अनुमोदन गरेको छ ।

प्रदेशको पहिलो प्रदेश सम्मेलन आगामी पुस ७ गते हुँदैछ । बैठकमा प्रदेश सम्मेलनको आवश्यक तयारीका बारे समीक्षासमेत गरिएको छ।

बैठकमा यसअघि कार्यसम्पादन समिति बैठकले सम्मेलन तयारी गर्न बनाएको समितिका संयोजकले अहिलेसम्म भएको कार्यप्रगति र बाँकी कामको बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया