३ आश्विन २०८१, बिहिबार | September 20, 2024

डा. गोविन्द केसीको किन क्रेज घट्यो


December 15, 2023
1.3k
Shares

काठमाडौं, २९ मंसिर । चिकित्सक डा. गोविन्द केसीले फेरि अनसनको घोषणा गरेका छन् । उनले संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याउने देखि चिकित्सा क्षेत्रको सुधारका मुद्दा उठाएर शुक्रबारबाट असनको घोषणा गरेका हुन् ।

डा. केसीले कुनैबेला अनसन बसेर सत्ता नै हल्लाउने शक्ति देखाएका थिए । तर, यसपटक भने उनको क्रेज घटेको देखिएको छ ।

डा. केसीको चिकित्सा क्षेत्र सुधारको कतिपय माग सम्बोधन गर्ने क्रममा ऐन कानूनमा सुधार गर्दा देशमा दशौं हजारको रोजगारी खोसिने गरी शिक्षालयहरु बन्द हुन पुगे । नर्सिङ कलेज देखि चिकित्सा क्षेत्र सम्बन्धी अन्य विषय पढाइने कलेज बन्द भए । विद्यार्थीहरु भारत, चीन तथा तेस्रो मुलुक पढ्न जान थाले ।

नयाँ मेडिकल कलेजहरु खुल्न सकेनन् । जसमध्ये दुर्गा प्रसाईंले झापामा खोल्न खोजेको मेडिकल कलेज पनि एक थियो । जसका कारण अरबौंको लगानी डुबेको छ । देशको पैसा बाहिरिएको छ अहिले ।

रोजगारी खोसिंदा हजारौं बेरोजगार बनेका छन् । देशले ठूलो समस्या भोगिरहेको छ । यो तथ्य बुझेर डा. केसीको चौतर्फी आलोचना पनि भइरहेको छ ।

प्रतिक्रिया