२३ भाद्र २०८१, आइतबार | September 8, 2024

उमेश थानीले किन दिए आयल निगमको कार्यकारी निर्देशकबाट राजीनामा


December 12, 2023
161.5k
Shares

काठमाडौं, २६ मंसिर । नेपालमा हुने कतिपय नियुक्तिमध्ये नेपाल आयल निगमको कार्यकारी निर्देशक पद आकर्षक हो । यो पदका लागि मरिहत्ते गर्नेहरु धेरै छन् । तर, पद पाएर पनि कार्यकाल अगावै राजीनामा दिने पात्र पनि देखिएका छन् । उनी हुन् उमेश थानी जसले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट मंगलबार राजीनामा दिएका छन् ।

थानीको कार्यकाल १५ महिना बाँकी थियो । अरबौंको ऋण बोकेको निगमको तिर्नुपर्ने रकम सबै तिरेर नाफामा लगेपछि थानीले राजीनामा बुझाएका हुन् । तेलको मूल्य घटाएर लोकप्रीय भएकै अवस्थामा उनले राजीनामा दिनुलाई चासोका साथ हेरिएको छ ।

उमेश थानी सक्रिय राजनीतिमा जान लागेको निकटस्थ स्रोतले बताएको छ । उनी नेपाली काँग्रेसको महत्वपूर्ण जिम्मेवारीमा पुग्ने भएका छन् । काठमाडौंको कुनै एक क्षेत्रबाट उनले चुनावी तयारी गर्ने बुझिएको छ । राष्ट्रिय सभा सदस्यका लागि पनि उनको चासो रहेको बुझिएको छ ।

थानीको परिवार काँग्रेस राजनीतिमा सक्रिय छ । उनी इञ्जिनियर पृष्ठभूमिबाट आएका हुन् । इञ्जिनियर एशोशिएसनको महासचिव पनि बने ।

प्रतिक्रिया