१२ श्रावण २०८१, शनिबार | July 27, 2024

शान्ति श्रीस मगरको ‘जाम हिँड साइँली’


December 9, 2023
4.6k
Shares

काठमाडौं, २३ मंसिर । लोकप्रिय गायिका शान्ति श्रीस मगरको म्युजिक भिडियो ‘जाम हिँड साइँली’ सार्वजनिक भएको छ । शुक्रवार राजधानीको अनामनगरमा आयोजित कार्यक्रममा उनकै युुटुब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो । ‘जाम हिँड साइँली यो बाटो जहाँ जाला…, लैजाऊ न साइँला यो बाटो जहाँ जाला…’ बोलमा सजिएको गीतमा गायक स्वरुपराज आचार्य र गायिका शान्ति श्रीस मगरले स्वर दिएकी छिन् ।

सुरेश रानामगरको शब्द÷संगीत, आकाश विनोद विमलको रेकडिङ, किस्मत स्टुडियोको संगीत संयोजन÷ध्वनी मिश्रण तथा विमला तामाङको सिंगार रहेको सो म्युजिक भिडियोको छायांकन नवराज उप्रेतीले गरेका छन् । अभिनयमा गौरव पहारी, रजनी गुरुङ, गौरव मगर र अञ्जु गुरुङलगायतका कलाकार छन् । भिडियोमा विशाल घिमिरेले सह–निर्देशन, मनोज कार्कीले रंग सम्पादन गरेका छन्।
भने कथा, नृत्य र निर्देशन मौसम हिमालीको रहेको छ । ‘यो म्युजिक भिडियो ग्रामीण भेगको विपन्न परिवारमा हुने गरेका वास्तविक घटनामा आधरित यथार्थपरक छ’ गायिका शान्तिले भनिन्, ‘अहिलेसम्म पाएको सद्भाव–माया हेर्दा यसले पनि सफलता पाउनेमा ढुक्क छु ।’

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया