६ आश्विन २०८१, आइतबार | September 22, 2024

गगन थापाले गरे एनसेल प्रकरणबारे सनसनीपूर्ण खुलासा


December 9, 2023
1.3k
Shares

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एनसेल प्रकरणबारे सनसनीपूर्ण खुलासा गरेका छन् । उनले यो प्रकरण लामो गृहकार्यसहित राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठबाट भएको खुलासा गरेका हुन् ।

शनिबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै थापाले एनसेल प्रकरणमा ठूलो भरथेग र ठूलो भरोसा नभइकन नभएको बताए । उनले एनसेल प्रकरण छानबिन गर्न बनाएको समितिप्रति समेत आशंका व्यक्त गरे । घटनालाई फुस्सा बनाउने चलखेल भएको उनको आशंका थियो ।

एनसेल प्रकरणको ग्रान्डडिजाइनबारे नेपाली पेनले खुलासा गरेको थियो । यो प्रकरण सफल बनाउन मुख्यसचिवमा बैकुण्ठ अर्याललाई ल्याएको देखि राजनीतिक नेतृत्व, प्रतिपक्षी नेताहरु सबैको साँठगाँठबारे खुलाएको थियो ।

यो प्रकरणमा व्यवसायी उपेन्द्र महतो, सतिशलाल आचार्य, चन्द्र ढकाललगायतको संलग्नताबारे विषय उठ्दै आएको छ ।

एनसेल प्रकरणमा काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डकी छोरी गँगा दाहालले सिंगापुर पुगेर शेयर लिएको विषय पनि चर्चामा छ ।

प्रतिक्रिया