१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मोदीले ह्याट्रिक गर्लान् ?


December 4, 2023
581
Shares

समाचार विश्लेषण । राजनीतिक उचाई बनाउन विदेशीलाई होइन आफ्ना नागरिकलाई खुशी बनाउन सक्नुपर्छ, विदेशीले जतिसुकै निषेध गरेपनि आफ्नो देश र जनताको सुखका लागि समर्पितभावले लागिरहनुपर्छ । यस्तै आरोह अवरोहबीच नरेन्द्र मोदीको भारतको राजनीतिमा उदय भएको थियो ।

मोदी गुजरातको मुख्यमन्त्री हुँदासम्म बाह्य जगतका लागि खासै चासोमा थिएनन् । गुजरातमा उनी मुख्यमन्त्री हुँदा भड्केको दंगापछि भने उनी पश्चिमाहरुको तारोमा पर्न थाले । उनलाई कतिपय देशले प्रतिबन्ध नै लगायो । अमेरिका र यूरोपका कतिपय देशमा त उनीमाथि मानवअधिकार हननको आरोप लगाएर प्रतिबन्ध लगाइएको थियो ।

मोदीले यस्ता सबै प्रतिबन्ध र अवरोधहरुलाई चिरेर भारतको राजनीतिमा बलियो पहिचान बनाउन सके । सन् २०१४ को चुनाव नै मोदीमय भयो । उनले पहिलो कार्यकाल सकेपछि दोस्रो कार्यकाल हार्ने विश्लेषण गर्नेहरु पनि थिए । तर, उनले अभूतपूर्व जित दिलाए आफ्नो दल भारतीय जनता पार्टीलाई । मोदीको दोस्रो कार्यकाल पनि सकिदैछ ।

आफ्नो दुई कार्यकालमा उनले जे बोले त्यही गरे । भाजपाले अयोध्यामा राम मन्दिर निर्माण गर्ने लक्ष्य लिएको थियो जुन उनले सफल बनाए । भारतको पहिचान विश्व राजनीतिमा बलियो बनाए । योग संस्कृतिलाई विश्वव्यापी बनाए । पूर्वीय संस्कृतिलाई प्रभावशाली बनाउन मोदीको योगदान रह्यो । भारतीयहरुको विश्वव्यापी पहिचान बलियो बन्नुमा मोदीको सफल योजना नै रह्यो ।

मोदीले भारतलाई विश्वको टप फाइभ आर्थिक शक्ति बनाउन सके । सैन्य शक्तिका दृष्टिले पनि भारत बलियो बन्यो । चन्द्रमामा यान अवतरण गराउन सफल भयो भारत मोदीको प्रधानमन्त्री कालमै ।

परिवारभन्दा माथि उठेर १ अर्ब ४० करोड भारतीयका लागि उनी दत्तचित्त भएर लागे । अब मोदी तेस्रो कार्यकालका लागि चुनावतर्फ केन्द्रित हुँदैछन् । सन् २०२४ मा भारतमा लोकसभाको चुनाव हुनेछ । त्यसअघि भएको राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, मिजोरम र तेलंगनाको चुनावमा मोदीको दल भाजपाले महत्वपूर्ण सफलता हासिल गरेको छ । राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपाले भारी बहुमत ल्याएको छ । मिजोरम र तिलंगनामा पनि उसको प्रवेश विगतमा भन्दा बलियो देखिएको छ ।

मोदीको दल भाजपाले लोकसभा चुनाव जितेमा नयाँ इतिहास रच्नेछन् । सम्भवत उनी लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति बन्नेछन् भारतको इतिहासमा । उनले ह्याट्रिक गर्ने सम्भावना पनि बलियो बन्दै गएको छ । मोदीको प्रभाव झन् बलियो बनेको सन्देश प्रवाह भएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया