१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मेलम्चीमा अरबौको घोटाला, नेताहरुले बनाए दुहुनो भैंसी


December 2, 2023
2.8k
Shares

काठमाडौं, १६ मंसिर । मेलम्ची खानेपानी आयोजनाका नाममा काठमाडौंवासीलाई २५ वर्षभन्दा बढी समय काकाकुल बनाउने गतिविधि भयो । मेलम्ची त आयो तर यो आयोजना गतिलो नभएको पुष्टि त्यतिबेला भयो जब ड्याममा बाढीले ठूलो क्षति पुर्यायो ।

मेलम्चीको नाममा नेता, कर्मचारी, इन्सुरेन्स माफिया देखि विभिन्न ठेकेदार कम्पनीले अरबौं अनियमितता गरे । बाढीले क्षति पुर्याएको पुनः निर्माणका नाममा अर्को अरब रकमको चलखेल चलाइयो ।

तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीको पालामा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई नै सुरुङ वरपरको क्षति निर्माणको जिम्मा दिइयो । यसमा पनि दशौं करोडको भ्रष्टाचार भयो ।

मेलम्चीमा सिनो हाइड्रोले काममा अलमल गरेर चलखेल गरेको छ । निर्माणमा फेरि आलटाल गरेर लागत बढाउन खोजेपछि ठेक्का नै रद्ध गर्न खोजिएको छ । यसमा पनि ठूलो चलखेल चलेको बुझिएको छ ।

बीमावापत्को ६ करोड तिरिएपनि बीमा रकमको निकासा हुन सकेको छैन । रकम निकासा गर्न ढिलाई गरेर अर्को चलखेल चलेको छ ।
मेलम्ची यसरी नै भ्रष्टहरुको दुहुनो भैंसी बनेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया