३ आश्विन २०८१, बिहिबार | September 20, 2024

देश टेलिकम माफियाको हातमा पुगेको हो ?


December 2, 2023
498
Shares

काठमाडौं, १६ मसिर । देशमा टेलिकम माफियाहरु यतिसम्म हाबी भइसकेका छन् कि उनीहरु मन्त्री बनाउने र हटाउनेसम्मको हैसियत राख्छन् । टेलिकम माफियाले चुनाव देखि सरकार निर्माणसम्म चलखेल गरेको खुलेको छ ।

खरबौंको चलखेल हुने टेलिकम क्षेत्रमा माफियाहरुले नेता देखि कर्मचारी मात्र नभई अदालतका न्यायाधीशहरुलाई समेत प्रभावमा पारेर लाभ लिन सकिरहेका छन् । सर्वसाधारणको जानकारीमा कमै आउने चलखेलका लागि सरकार ढलाउने र बनाउने सम्मको गतिविधिमा सक्रिय भएका छन् ।

टेलिकम माफियाको हातमा रहेको एनसेलले कर छल्न दुई महिना अघि १ डलरमा खोलेको कम्पनीमार्फत् चलखेल गरेको छ । बेलायतमा खडा गरिएको कम्पनी स्पेक्ट्रलाइट यूकेले एनसेलको ८० प्रतिशत शेयर १५ मंसिरमा खरिद गरिएको विज्ञप्तिमार्फत् उल्लेख छ । उक्त कम्पनीका सञ्चालक शतिशलाल आचार्य हुन् । उनी टेलिकम माफिया हुन् ।

सिंगापुरका नेपाली मूलका आचार्यकी पत्नी भवानी सिंह श्रेष्ठ एनसेलको नेपालमा शेयर रहेको कम्पनीकी हकदार हुन् । भवानी सिंहको नामाम विदेशमा कालो धन लुकाएको विषय केही वर्ष अघि सार्वजनिक भएको थियो ।

खरबौंको यो खेलमा दशौं अर्बको कर छली भएको छ । कानूनको छिद्रमार्फत् राज्य सञ्चालन गर्ने निकायका व्यक्तिहरु, मुख्य दलका नेता देखि कर्मचारीलाई समेत प्रभावमा पारेर एनसेलले ठूलो अनियमितता गरेको छ । यो अनियमितताले टेलिकम माफियाको हातमा देश पुगेको विश्लेषण हुन थालेको छ ।

एनसेलसम्बन्धी चलखेल प्रधानमन्त्री प्रचण्ड दुबईमा हुँदा भएको छ । एनसेलको ८० प्रतिशत सेयर ६ अर्ब ६५ करोडमा विक्री गरेको देखाएर ठूलो कर छली भएको छ । अजिएटाले १ खर्ब ४३ अर्बमा किनेको शेयर १ खर्ब ३५ अर्ब ३५ करोडमा विक्री गर्नुमा ठूलो अनियमितता छर्लंग छ । झण्डै दुई खर्ब रकमको शेयर विक्रीवापत् तिर्नुपर्ने आधा खर्ब कर छल्न यसो गरिएको हो ।

विगतमा पनि उसले ठूलो मात्रामा कर छली गरेको थियो । यसपटक कर छलीलाई सफल बनाउन एनसेलको शेयरको मूल्य नै कम बनाइयो । घोषित रुपमा ८० प्रतिशत शेयरको ६ अर्ब ६५ करोड निर्धारण गरिएपनि अरबौं रकम विदेशमै हिसाब मिलान गरिएको छ । यसका लागि टेलिकम माफियाहरु विदेशमा नै रहेको विश्वस्त स्रोतले बताएको छ । उनीहरुले राज्यलाई नोक्शान पुर्याएर ठूलो रकम हात पारेको खुलस्त भएको छ ।

प्रतिक्रिया