नेपाल र भारतबीच शुक्रबारबाट सैन्य अभ्यास सूर्यकिरण

काठमाडौं, ६ मंसिर । नेपाल र भारतबीच शुक्रबारबाट सैन्य अभ्यास हुने भएको छ । सुर्यकिरण २०२३ नाम दिइएको अभ्यास २४ नोभेम्बरबाट ७ डिसेम्बर गरी दुई साता लामो हुनेछ ।
भारतको उत्तराखण्डस्थित पिथौरागढमा हुने अभ्यासको उद्देश्य जंगल युद्धमा अन्तरसञ्चालनशीलता, पहाडी भूभागमा आतंकवाद विरोधी कार्यहरु र मानवीय सहायता तथा विपद् राहत कार्यहरुमा उत्कृष्ट अभ्यासहरु साझा गर्ने रहेको जनाइएको छ ।
नेपाल र भारतबीच विशेष किसिमको सैन्य सम्बन्ध छ । दुई देशबीच हरेक वर्ष सैन्य अभ्यास सूर्यकिरण चल्दै आएको छ ।
नेपालका सेनापति भारतको मानार्थ सेनापति र भारतको सेनापति नेपालको मानार्थ सेनापति हुने प्रचलन रहिआएको छ ।