मातृका आई सेन्टरले देखाइदियो उज्यालो सँसार (फोटोफिचर)

काठमाडौं, २० कात्तिक । मातृका आई सेन्टर पुरानो बानेश्वरले सोलुखुम्बुमा आँखा शिविर संचालन गरेको छ । सोलुखुम्बुको ताप्तिङमा सञ्चालन गरेको शिविरमा मोतीबिन्दुको शल्यक्रिया पनि गरिएको छ ।
शल्यक्रियाका लागि घण्टौं यात्रा गरी वृद्धवृद्धा आइपुगेका थिए । मातृकाले देशका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्दै आएको छ ।