७ आश्विन २०८१, सोमबार | September 23, 2024

वाइडेनले दिए चीनलाई चेतावनी, साउथ चाइना सीमा युद्धको कालो बादल


October 26, 2023
0
Shares

एजेन्सी, ९ कात्तिक । साउथ चाइना सीमा युद्धको कालो बादल मडारिएको छ । चीन र फिलिपिन्सबीच समुन्द्रमा गतिरोध बढेसँगै अमेरिकाले पनि चासो देखाएपछि युद्धको खतरा बढेको हो ।

यसै हप्ता चीन र फिलिपिन्सको युद्धक जहाजहरुबीच तनाव देखिएको छ । चीनले फिलिपिन्सको जहाजलाई रोकेको थियो । फिलिपिन्सले आफ्नो समुन्द्री क्षेत्रमा चीनले दादागिरी देखाएको आरोप लगाएको छ । चीनले भने साउथा चाइना सीको अधिकांश क्षेत्रमा आफ्नो दाबी गरेको छ ।

फिलिपिन्समा आक्रमण गरिए अमेरिकाले साथ दिने भन्दै अमेरिकी राष्ट्रपति जो वाइडेनले अभिव्यक्ति दिएका छन् । यसले झन् गतिरोध बढाउने देखिएको छ ।

साउथा चाइना सीमा चीनको फिलिपिन्स, भियतनाम, जापान, मलेशिया, सिंगापुर, इन्डोनेशियालगायत देशहरुसँग गतिरोध रहँदै आएको छ । यसलाई चीनको विस्तारवादी नीतिका रुपमा हेरिन्छ ।

प्रतिक्रिया