२३ भाद्र २०८१, आइतबार | September 8, 2024

मुटुको एन्डियोप्लास्टि गरेर प्रधानमन्त्री प्रचण्ड नर्भिकबाट बालुवाटारमा


October 17, 2023
0
Shares

काठमाडौं, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार अचानक अस्पताल लगिए । स्वास्थ्यमा समस्या भएपछि उनी नर्भिक अस्पताल लगिए ।

स्वास्थ्यमा असजिलो महशुश गरेपछि उनलाई मुटुको समस्या आशंका गरिएको थियो । नर्भिकमा मुटुरोग विशेषज्ञहरुले उनको स्वास्थ्य जाँच गरेका थिए ।

उपचारमा संलग्न डा. शिवजीविक्रम सिलवालका अनुसार प्रधानमन्त्री प्रचण्डको एन्डियोप्लास्टि गरियो । त्यसपछि सहज महशुश गरेपछि उनी प्रधानमन्त्रीको सरकारी निवास फर्किएका छन् ।
मंगलबार धेरैवटा कार्यक्रममा सहभागी भएका प्रधानमन्त्रीलाई आराम गर्न चिकित्सकले सुझाव दिएको बुझिएको छ ।

प्रतिक्रिया