९ माघ २०८१, बुधबार | January 22, 2025

लाओसलाई पराजित गर्दै नेपाल विश्वकप फुटबल छनोटको दोस्रो चरणमा, अबको यात्रा यस्तो हुनेछ


October 17, 2023
0
Shares

काठमाडौं, ३० असोज । नेपालले विश्वकप फुटबल छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ । मंगलबार लाओसलाई पराजित गर्दै नेपालले दुई लेगको खेलमा समग्रमा २-१ ले जित हासिल गरेर विश्वकप फुटबलको दोस्रो चरणमा स्थान बनाएको हो ।

नेपालका लागि मनिष डाँगीले ५३औं मिनेटमा गोल गरी विश्वकप छनोटमा एशिया प्यासिफिक छनोटतर्फ कम वरियताका टोलीबीचको पहिलो चरणको प्रतिष्पर्धा पार गराए । पहिलो लेग घरेलु मैदानमा नेपालले लाओससँग बराबरी खेलेको थियो । नेपाल घरेलु मैदानमा गोल खाएकाले दबाबमा थियो ।

दोस्रो चरणमा नेपालले समूह एचमा युएई, बहराइन र यमनसँग खेल्नेछ । होम र अवेमा खेलिने खेलबाट समूहमा पहिलो र दोस्रो हुने टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

९ समूहबाट १८ टोली छनोट भई तीन समूहमा विभाजित अर्को समूहमा प्रतिष्पर्धा गर्नेछन् । प्रत्येक समूहबाट विजेता र दोस्रो स्थानको टोलीले विश्वकप फुटबलमा सिधै स्थान बनाउनेछन् । प्रत्येक समूहमा तेस्रो र चौंथो हुने गरी ६ टोलीबीच दुई समूह बनाई प्रतिष्पर्धा गराइनेछ । विजेता दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

दोस्रो स्थानका दुई टोलीबीच होम र अवेमा प्रतिष्पर्धा हुनेछ । विजेताले इन्टर कन्फेडेरेसन प्ले अफ खेल्नेछ । विजेता इन्टर कन्फेडेरेसन प्ले अफ खेल्नेछ ।

२०२६ को विश्वकप मेक्सिको, क्यानडा र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । पहिलोपटक विश्वकपमा ४८ टोली सहभागी हुँदैछन् । एशियाबाट ८ टोलीले सिधै विश्वकपमा स्थान बनाउनेछन् । बाँकी १ टोलीले अन्तरमहादेशीय प्ले अफ खेलेर जितेमा स्थान बनाउनेछ ।

प्रतिक्रिया