२३ भाद्र २०८१, आइतबार | September 8, 2024

धर्मान्तरणको धन्दा चलाउन पैसा बुझ्ने हाइप्रोफाइल नेताहरु को को


October 8, 2023
0
Shares

काठमाडौं, २१ असोज । शनिबार मोहन श्रेष्ठद्वारा लिखित धर्मान्तरणको धन्दा पुस्तकले नेपालमा धर्मान्तरणको धन्दा चलाउनेबाट पैसा बुझ्ने नेताहरुबारे सनसनीपूर्ण खुलासाहरु गरेको छ । विभिन्न राष्ट्रिय तथा गैरसरकारी संस्था चलाएर नेपालमा धर्मान्तरणको धन्दा चलाइएको खुलासा गरेको पुस्तकले हाइफ्रोफाइल नेताहरु नै करोडौं रकममा बिकेको उल्लेख छ ।

श्रेष्ठले आफ्नो पुस्तकमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले धर्मान्तरणको धन्दा चलाउनेबाट १७ करोड लिएको दाबी गरेका छन् । विदेशी खुफिया एजेन्सी नै धर्मान्तरणमा लागेको र पूर्वसभामुख दमननाथ ढुंगाना पनि त्यो संस्थासँग जोडिएर धन्दा चलाएको उल्लेख गरिएको छ ।

कम्युनिस्ट पार्टीमा लामो समय लागेका पद्मरत्न तुलाधरले पनि धर्मान्तरणको धन्दा चलाउनेबाट नियमित रकम बुझ्ने गरेको पुस्तकमा उल्लेख छ । तुलाधरको निधन भइसकेको छ । उनी कुन कुन संस्थासँग जोडिएर काम गर्थे भन्ने पनि पुस्तकमा भनिएको छ । तुलाधरले नै कतिपय व्यक्तिहरुलाई संगठित गरी विभिन्न विदेशी चर्चसँग जोडिएका संस्थामार्फत् पैसा लिएर व्यवस्थापन गर्ने गरेको पुस्तकमा भनिएको छ ।

तुलाधर कुनैबेला देशमा गाई काट्न पाउनुपर्छ भन्ने अभिव्यक्तिले विवादमा परेका थिए । उनले हिन्दुविरोधी गतिविधि नै चलाएका थिए ।

धर्मान्तरणको धन्दामा लाग्नेमा मल्ल के सुन्दरको नाम पनि उल्लेख छ । उनी कुन कुन संस्थासँग आवद्ध रहेर काम गर्दै आए भन्नेबारे पनि श्रेष्ठले पुस्तकमा उल्लेख गरेका छन् ।

धर्मान्तरणको धन्दामा सक्रिय विभिन्न संघसंस्थाहरुले काँग्रेस नेताहरु शंकर भण्डारी, एनपी साउदलगायतलाई पनि प्रभावित पारेको विषय रोचक तरिकाले उल्लेख गरिएको छ ।

धर्मान्तरणको धन्दामा लागेका हाइप्रोफाइलहरुको नाम र जोडिएको संस्थामात्र नभई नेपालमा सक्रिय विभिन्न संघसंस्थाहरुको नाम र गतिविधि पनि तथ्यसहित श्रेष्ठले पुस्तकमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया