३ आश्विन २०८१, बिहिबार | September 19, 2024

एशियाली खेलमा नेपाललाई महिला खेलाडीले दिलाए रजत र काँस्य


October 8, 2023
0
Shares

काठमाडौं, २१ असोज । चीनमा भएको १९औं एशियाली खेलकुदमा नेपालले एक रजत र एक काँस्य पदक जितेको छ । योसँगै नेपालले ३२औं स्थान हासिल गरेको छ ।

नेपालले पाएको दुवै पदक महिलाले दिलाएका हुन् । महिला कराँतेमा एरिका गुरुङले रजत दिलाइन् ।

महिला कबड्डीमा पनि नेपालले काँस्य जित्यो । यसरी नेपालले प्राप्त गरेको दुवै पदक महिलाले दिलाएका हुन् ।

नेपालले पदक नपाएपनि क्रिकेटमा ऐतिहासिक प्रदर्शन गरेको छ । नेपालले क्वाटरफाइनलमा क्रिकेट महाशक्ति भारतसँग कडा प्रतिष्पर्धाबीच हार व्यहोर्न पुग्यो ।

पदकको आशा गरिएको तेक्वान्दो र बक्सिङमा नेपाल खाली हात फर्किएको छ । यी दुवै खेलमा नेपालले एशियाली खेलमा पदक जित्दै आएको थियो ।

प्रतिक्रिया