२३ भाद्र २०८१, आइतबार | September 8, 2024

हिन्दू धर्मगुरुप्रति कठोर बन्दा धर्मान्तरणलाई सरकारबाट प्रश्रय


October 4, 2023
0
Shares

काठमाडौं, १७ असोज । यतिबेला हिन्दु धर्मगुरुहरु सरकारको तारोमा परिरहेका छन् । कतिपयमाथि धार्मिक सदभाव बिथोल्ने अभिव्यक्ति दिएको भन्दै निगरानी बढाएको छ गृह प्रशासनले । धर्मगुरु श्रीनिवासलाई त पक्राउ नै गरिएको छ ।

नेपालका हिन्दु धर्मगुरु नारायण पोखरेलको षड्यन्त्रपूर्वक हत्या भयो । हिन्दु धर्मगुरुहरुलाई त्रसित बनाएर धर्मान्तरणको योजना बुनियो ।

पछिल्लो समय देशमा धर्मान्तरणले प्रश्रय नै पायो । धर्मनीरपेक्षताका नाममा हिन्दुलाई फुटाउने र अन्य धर्मको प्रभाव बनाउने सम्मका गतिविधि भए ।

हिन्दुलाई तथानाम गाली गर्ने र भड्काव ल्याउने सम्मका अभिव्यक्ति दिने आङकाजी शेर्पा देखि विभिन्न तत्वहरु सक्रिय रहे । तर, राज्य उनीहरुको अभिव्यक्तिमा आँखा चिम्लिएर बस्यो । राज्यले त्यस्ता तत्वहरुमाथि कारबाही चलाएन । हिन्दु धर्मगुरु भने तारोमा परे ।

धरानमा मन्दिरको सामुन्ने चर्च बनाएर भड्काउने क्रियाकलाप हर्क साम्पाङले जानेरै गरे । यसरी योजनावद्ध तरिकाले हिन्दुविरोधी गतिविधि हुँदा पनि राज्य आँखा चिम्लिएर बस्यो ।

तराईका जिल्लाहरुमा हिन्दुको परम्परागत कार्यक्रम हुँदा आक्रमण भए । छुरा प्रहार सम्मका घटना भए । तर, प्रशासनले उल्टै हिन्दुविरुद्ध पूर्वाग्रही व्यवहार देखायो । यसरी सरकारबाट नै हिन्दुविरुद्ध गतिविधि देखिन थालेको छ ।

प्रतिक्रिया