हिन्दुराष्ट्र बनाएर देखाउन ओलीको चुनौती

काठमाडौं, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई हिन्दुराष्ट्र बनाएर देखाउन चुनौती दिएका छन् । बुधवार विराटनगर विमानस्थलमा बोल्दै ओलीले दुई तिहाई ल्याएर धर्मनीरपेक्ष हटाउन र हिन्दुराष्ट्र बनाउन चुनौती दिए ।
हिन्दुवादी संघसंगठनप्रति कडा रुपमा प्रस्तुत भएका उनले देश धर्मनीरपेक्ष भइसकेकाले हिन्दुराष्ट्र हुननसक्ने दाबी गरे । उनले कसैको निहित उद्देश्यका लागि सद्भाव बिगार्न खोजिएको आरोप समेत लगाए ।
पछिल्लो समय तराईका जिल्लाहरुमा हिन्दुहरुमाथि एकपछि अर्को आक्रमणका घटना भएपनि मुख्य दलका नेताहरुले हिन्दुविरोधी अभिव्यक्ति दिइरहेका छन् । ओलीले पनि यही दोहोराए ।