११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

हिन्दूलाई हान्दै सामाजिक सदभाव भन्दै


October 4, 2023
0
Shares

नेपाल पेन संवाददाता । केही वर्ष पहिले नेपालगञ्जमा हिन्दू र मुस्लिमको आपसी सद्भाव देख्न पाइन्थ्यो । तर पछिल्लो केही वर्षयता नेपालगञ्ज अशान्त हुँदैछ । परिचालित केही व्यक्तिहरूले नेपाली राजनीतिले दिएको ‘स्पेस’ र संवैधानिक अधिकारको दुरूपयोग गर्दै सडकमा निस्किएर खुलेआम रूपमा मनोमानी गर्न थालेका छन् । जिहादी आतंकवादी क्रियाकलापको झल्को दिने गरी जबरजस्तिका घटना हुन थालेका छन् ।

नेपालगञ्जमा पटक–पटक हिन्दू धर्मावलम्बीहरूको आस्था र अस्मितामाथि दुर्व्यवहार हुँदा समेत प्रहरी प्रशासनको मौनताबाट आजित बनेका ‘ॐ’कार परिवारका सदस्यहरू एकजुट भएर मंगलबार नेपालगञ्ज बन्दको घोषणा गरे । गाई काटेको विरोधमा सामान्य व्यक्तीले सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसको भरमा सम्पूर्ण हिन्दूहरूलाई परिचालित जातिवादी, नश्लवादी समुदायका वर्गले तारो बनाइ आईतबार बिहान गरिएको चक्काजाम तथा विरोध प्रदर्शनले यस क्षेत्रमा गाई काटेर खानेहरूलाई प्रश्रय दिने र त्यस्तै जमातको बोलबाला बढेको प्रष्ट हुन्छ ।

हिन्दूहरुको आस्थाको केन्द्र तथा नेपालको राष्ट्रिय जनावर गाई काटेर खानेहरूको विरोध गर्दा सामाजिक सदभावको विषय उठान गर्ने प्रशासन र मुस्लिम समुदायले त्यसरी सदभाव विथोल्ने समुदाय र गाई काट्नेलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने तर्फ किन आवाज नउठाएका हुन् ? षडयन्त्रको तार यतै–कतै जोडिएको हुनुपर्छ भनेर आशंका गर्ने प्रशस्त आधारहरू रहेको छन् ।

हिन्दू धर्मावलम्बीहरूको आस्थामा चोट पुग्ने गरी चक्का जाम र शक्ति प्रदर्शन गर्न छुट दिने तर हिन्दूलाई सधैं सद्भाव र्‍याली गर्न दवाव दिने स्थानीय सरकारले अर्को पक्षलाई जे गर्न पनि प्रश्रय दिएको जस्तो देख्न सकिन्छ ।

संविधानको मर्यादालाई उल्लङ्घन गर्दै ‘शर तन से जुदा’ भन्दै लगाईएको नाराको अर्थ के हो ? त्यसमा जिहादी नियत प्रष्ट झल्कन्छ । तर यस्तो सुनेर देखेर पनि बेवास्ता गर्ने स्थानीय सरकार र प्रहरी प्रशासनलाई के भन्ने ? यस्ता घटनाको पछाडि कतै स्थानीय सरकारकै केही व्यक्तिहरूको हात त छैन भन्ने आशंका समेत उत्पन्न भएको छ ।

पछिल्लो समयमा नेपालगञ्जको नगरपालिकाको कार्यालयभित्र बैठक गरेर सडक आन्दोलनको प्रारूप तयार गरेको समेत खुल्न आएको छ । चोकमा उग्र प्रदर्शन गर्दै हिन्दू समुदाय विरुद्ध विषबमन गर्ने आततायीहरु विरुद्ध लक्षित गर्दै आज नेपालगञ्ज बन्द गरिए पनि शान्ति एकता र सद्भावको सन्देश दिदै आज नेपालगञ्जमा सद्भाव र्‍याली समेत सम्पन्न गरिएको थियो ।

अहिले ईसाई, मंगोल र मुस्लिमद्वारा पटक पटक ठाडै रूपमा हिन्दू समाजमाथि प्रहार गर्दा पनि हिन्दू समाजले सद्भावकै गीत गाउनु र सरकारी पक्षले पनि सदभावकै लागि आग्रह गर्नुको कारण जिहादी पक्षलाई थप हौसला मिलिरहेको देखिन्छ ।

यो स्वाभिमान, सम्मान र पहिचान जोगाउने समय हो । केही तुच्छ अपराधी मानसिकताका कारण नेपालगञ्जको सम्मान र पहिचान मेटाउने प्रयास भएको छ । जिहादी मानसिकता बोकेकाको प्रतिकार सदभाव र्‍याली गरेर हुँदैन । तसर्थ यस्तो माहौल जन्माउने व्यक्ति र यसका दोषीलाई प्रसाशनले कानून बमोजिम कडा कारबाही गर्नै�

प्रतिक्रिया