४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सवारी दुर्घटनामा खुट्टा गुमाएकी घिमिरेलाई एनआरएनएको पहलमा आर्थिक सहयोग


September 30, 2023
0
Shares

काठमाडौं, १३ असोज । सवारी दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिना घिमिरेलाई गैरआवासीय नेपाली संघले अर्थिक सहयोग गरेको छ । एनआरएनएका सचिव शंकर खड्काको पहलमा अमेरिकमा बस्ने नेपालीहरुबाट ३ लाख ५१ हजार १ सय ११ रकम संकलन भएको थियो ।

शनिबार घिमिरेको निवासमा कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य जितजंग बस्नेत, काठमाडौं जिल्ला सभापति सबुज बानिया, नेता हरिबोल भण्डारी, नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराई लगायले रकम हस्तान्तरण गरेका थिए ।

एनआरएनएका महासचिव केशव पौडेलले पनि घिमिरेलाई अतिरिक्त सहयोग गरेका थिए । घिमिरेलाई रकम हस्तान्तरण गर्ने कार्यक्रममा एनआरएनका उपाध्यक्ष दुर्गा आचार्य र महासचिव गौरीराज जोशी पनि सहभागी थिए ।

पूर्वमहामन्त्री कोइरालाले रकम संकलनको संयोजन गर्ने र सहयोग गर्ने अमेरिककामा रहेका नेपालीहरुलाई धन्यवाद दिए । घिमिरेको थप उपचारका लागि आगामी दिनमा सहयोग गर्ने उनको भनाइ थियो । ूदुःखमा परेकाहरूको लागि मैले सक्दो सहयोग गर्ने छ। नागरिकको दुस्खमा जोडिने मेरो प्रयास रहने छ,ू उनले भने । यस्तै केन्द्रीय सदस्य बस्नेत घिमिरेलाई खुट्टा गुम्यो भनेर आत्मबल नगुमाउन ढाडस दिएका थिए ।

प्रतिक्रिया