३१ भाद्र २०८१, सोमबार | September 17, 2024

चीनले नेपालबाट विद्युत किन्ला ?


September 25, 2023
0
Shares

काठमाडौं, ७ असोज । चीनले नेपालबाट विद्युत खरिद गर्ला या नेपाललाई विद्युत विक्री गर्ला ? नेपाल र चीनबाट रसुवागढी केरुङ विद्युत प्रसारण लाइन निर्माण गर्ने सम्झौता भएपछि यसमा चासो बढेको छ ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा चीनसँग अन्तरदेशीय विद्युत प्रसारणलाइन निर्माण गर्ने सहमति अन्तर्गत यस्तो सहमति भएको हो । सहमति अनुसार रसुवाको चिलिमेबाट तिब्बतको जिलोङसम्म १६ किलोमिटर प्रसारणलाइन मात्र चीनले बनाउनेछ ।

नेपालको भारतसँग अन्तरदेशीय विद्युत प्रसारण लाइन बनिसकेको छ । कतिपय बन्ने क्रममा छन् । भारतसँग विद्युत आयात र निर्यात दुवै भइरहेको छ । विगतमा आयात मात्र भइआएकोमा पछिल्लो समय निर्यात पनि भएको हो । भारतले १० वर्षमा १० हजार विद्युत खरिदको सम्झौता गरिसकेको छ ।

चीनसँग विद्युत प्रसारण लाइन निर्माणको सम्झौता भएपनि विद्युत खरिद विक्री के हुने हो स्पष्ट छैन । चीनले पछिल्लो समय नेपालमा विद्युत क्षेत्रमा लगानी गरेपनि भारतले खरिद नगर्ने भएपछि कि त नेपालमै बेच्नुपर्ने हुन्छ कि त चीनमा लानुपर्ने हुन्छ । यसकारण पनि प्रसारण लाइन निर्माणलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया