१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्डको कोटामा खिलराज नेतृत्वको सरकारमा मन्त्री बनेका रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर


September 25, 2023
0
Shares

काठमाडौं, ७ असोज । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा प्रचण्डको कोटाबाट मन्त्री बनेका थिए रामकुमार श्रेष्ठ । पूर्वसचिव श्रेष्ठसँग प्रचण्डको पुरानो सम्बन्ध हुनुको लाभ लिएका थिए उनले । गोरखाको आरुघाटस्थित भीमोदय माविमा २०२६ देखि २०३५ सम्म श्रेष्ठ शिक्षक थिए । प्रचण्डसँग उनको त्यही चिनजान भएको थियो । २०३६ मा उनी शाखा अधिकृतका रुपमा निजामती सेवामा प्रवेश गरी २०६४ मा सचिवबाट अवकाश पाएका थिए ।

अहिले प्रचण्ड नेतृत्वको सरकार हुँदा नै विशेष अदालतले श्रेष्ठलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले श्रेष्ठलाई दोषी ठहर गरेको छ । श्रेष्ठमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले २०७८ फागुन १५ मा ४ करोड ४५ लाख २७ हजार बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।

श्रेष्ठ मन्त्रीबाट बाहिरिएको दुई वर्षपछि अख्तियारमा उजुरी परेको थियो । ६ वर्षपछि मात्र उनीमाथि मुद्दा दायर भयो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया