२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्रचण्डको सी चिनफिङसँग १५ मिनेट वन टु वन वार्ता


September 24, 2023
0
Shares

काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दा निकै प्रफुल्ल देखिन्थे । शनिबार साझ सीसँग भेट्दा प्रचण्डको मुहारमा यस्तो जोस देखिन्थ्यो जुन उनी कुनै ठूलो सफलता हासिल गर्दाको समयमा हुनेगर्छन् ।

प्रचण्ड सैद्धान्तिक रुपमा पनि सी महासचिव रहेको चिनियाँ कम्युनिस्ट पार्टीले अंगिकार गरेको सिद्धान्तसँग नजिक छन् । चीनका संस्थापक कम्युनिस्ट नेता माओको नाममा प्रचण्ड नेतृत्वको दल नेकपा माओवादी केन्द्र रहेको छ । कुनैबेला नेकपा माओवादी छँदा दश वर्ष हिंसात्मक गतिविधि गरेर प्रचण्डले सत्ताको ढोका खोल्न सके ।

प्रचण्डको सी चिनफिङसँग निकटता विगतका घटनाले पनि थाहाहुन्छ । उनी सी पहिलोपटक सत्तामा पुग्दा बेइजिङ पुगेर भेट्ने पहिलो विदेशी प्रभावशाली नेता बन्न पुगेका थिए । उनको सीसँग व्यक्तिगत सम्बन्ध मजबुत छ ।

प्रचण्डले सीसँगको एक घन्टा लामो भेटमा १५ मिनेट एक्लाएक्लै कुराकानी गरे । यो भेटलाई अर्थपूर्ण मानिएको छ । उनले नेपाल मामलामा चीनको चासो देखि व्यक्तिगत साथको विषयमा पनि कुरा गरेको बताइन्छ ।

प्रतिक्रिया