२३ भाद्र २०८१, आइतबार | September 8, 2024

हिन्दुमाथि चौतर्फी आक्रमण हुँदा राज्य कस्को पक्षमा ?


September 24, 2023
0
Shares

काठमाडौं, ७ असोज । हिन्दुमाथि चौतर्फी आक्रमण चलिरहँदा राज्यसत्ताको बागडोर सम्हाल्ने जिम्मेवार व्यक्तिहरुको गतिविधि शंकास्पद देखिएको छ । सर्लाहीको मलंगवामा मुर्ति विसर्जनमा अतिवादी मुस्लिमहरुबाट हतियारसहित आक्रमण भएपछि हिन्दु समुदायलाई झन् असुरक्षित बनाउने गतिविधिहरु भइरहेको छ ।

५ असोजको राति गृहले अचानक विभिन्न धार्मिक समुदायका जिम्मेवार व्यक्तिहरुलाई बोलाएको थियो । जसमा पाँचवटा फरक हिन्दु संगठनलाई अन्तिम समयमा मात्र खबर गरिएको थियो । तर, १० इशाई संगठन र झण्डै उत्तिकै संख्यामा मुस्लिम संगठनलाई बोलाइएको थियो । पाँच बौद्ध संगठन पनि बैठकमा पुगेका थिए ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बैठक कसैको इशारामा डाकेको विषय खुलेपछि कतिपय हिन्दु संगठनहरु आक्रोशित भएका छन् । हिन्दुहरुको धार्मिक कार्यक्रममा समेत चक्कु हान्न निस्कन सक्ने अतिवादीहरु सक्रिय हुँदा पनि गृहमन्त्री श्रेष्ठले कुनै कठोर कदम चाल्न सकिरहेका छैनन् । उनले उल्टै हिन्दुलाई अप्ठ्यारोमा पार्ने गरी गतिविधि चाल्न थालेका छन् । श्रेष्ठलाई ठूलै शक्तिकेन्द्रबाट दबाब आएको बुझिएको छ ।

सर्लाही घटनामा मन्त्री महेन्द्र राय यादवको भूमिकालाई लिएर पनि प्रश्न उठेको छ । हिन्दुमाथि आक्रमण हुँदा उल्टै यसलाई दंगा भन्दै घटनालाई मोड्न खोजिएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव देखि मुख्यमन्त्री सरोजकुमार यादवको भूमिका पनि हिन्दुविरोधी देखिएको छ । यादवले त हिन्दुमाथि नै गोली हान्ने धम्की दिएका छन् ।

मधेश प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जसपा सरकार रहँदा विगतमा मुसलमानहरुको विवादास्पद कार्यक्रमहरु गर्न छुट दिइएको थियो । तर, हिन्दुहरुको कार्यक्रम गर्न पनि मधेश सरकारले कडाई गर्दै आएको छ । यसबाट उपेन्द्र पनि हिन्दुविरोधी गतिविधिमा सक्रिय रहेको खुलेको छ ।

गृह प्रशासनमा शक्तिकेन्द्रबाट दबाब बढाएर हिन्दुको शान्तिपूर्ण कार्यक्रमहरुमा एकपछि अर्को अवरोध हुन थालेको छ । जबकि लामो समययता हिन्दुमाथि चौतर्फी आक्रमण खुल्दै आएको छ ।

धर्मान्तरणको धन्दामा अरबौं रकम ल्याइएको खुलेको छ । अर्कोतर्फ, ऊँ शब्द नै नेपाली शब्दकोषबाट हटाउने गतिविधि खुलेको छ । योजनावद्ध तरिकाले यस्ता गतिविधि हुँदै आएको छताछुल्ल भएको छ ।

प्रतिक्रिया